Techie IT
×
गृहपृष्ठखेलकुदनेपाललाई एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट


काठमाडौं । घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ ।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र नेपाल समूह ुएुमा तथा समूह ुबीुमा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । जुन प्रतियोगिता सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।

मंगलबारबाट सुरु भएको फाइनल खेल वर्षापछि रोकिएर बुधबार पुनस् सुरु भएको हो । जसमा यूएईले ११८ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पुरा गर्न ब्याटिङ थालेको नेपालले ३०।३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि युवा ब्याटर गुल्सान झाले अर्धशतकिय पारी खेले । उनले ८४ बलमा ३ चौका र ६ छक्काको मद्धतमा ६७ रनको योगदान गरे । कुनैबेला २३ रन जोड्दा ३ विकेट गुमाएको नेपाललाई गुल्सानले उद्धार गरे । उनलाई क्रिजमा राम्रो साथ दिएका भीम सार्कीले ३६ रन बनाए ।

यस्तै, दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेल १ रन बनाएर आउट भए। सातौँ ओभरको पहिलो बलमा आशिफ शेख ८ रनमा आउट भए। कप्तान रोहित पौडेल पनि १ रनमा बोल्ड आउट भए।

यूएईका लागि रोहन मुस्तफाले दुई विकेट लिए । आयान अफजल खानको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले ३३।१ ओभरमा १० विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।

वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिएका छन्।

 

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस