युएसएगैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसिका महासचिव गौरीराज जोशीले पुन महासचिवमै उम्मेदवारी दिने घोषणा गरेका छन । जोशीले सबै अभियन्ताबाट दोहोर्याउन चौतर्फी दबाब आएपछी आफू पुन महासचिव दोहोर्याउने निर्णयमा पुगेको बताए ।
गैरआवासीय अभियन्ताहरूले ‘फेरि महासचिवमा देख्न चाहेको’ भन्दै उनलाई दोहोर्याउने अभियान शुरु गरेका छन ।
गैरआवासीय नेपालीहरूले महासचिवमा आफ्नो निरन्तरता चाहेपछि आफू दोहोरिने निर्णयमा पुगेको जोशी बताउछन । उनी आउँदो कार्यकालका लागि उपाध्यक्षको उम्मेदवारी दिन चाहन्थे तर, संस्था चलायमान बनाउन र महासचिवजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नकै लागि जोशीले पुन महासचिवमै रहन खोजेको बताए ।
सन २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँछन ।
पछिल्लो समय कामभन्दा पनि प्रपोकाण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंगिंत गर्दै आफू नतिजामा विश्वास गर्ने ब्यक्ति भएको महासचिव जोशीले बताए ।
जोशीले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन ।
‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवस्यकता हो ।
एनआरएनएको नेतृत्वमा आउनेले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्ने जोशीले बताए ।
जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिन्छन । अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी जोशी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल बनेका छन ।
एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार हुन जोेशी । संस्थाका हरेक गतिविधिलाई पारर्दर्शी बनाउने अभियानमा लागेका जोशी नौला तथा रचनात्मक काम गर्न रुची राख्छन । संघको आगामी निर्वाचन अनलाइन प्रणालीमा पनि मतदान हुँदैछ।
चितवनमा जन्मिएका जोशी सन १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरेर पछिल्लो समय आइटीसँगै रियल स्टेटको ब्यावसायमा पनि संलग्न छन ।
उनको अमेरिकासँगै नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत ठुलो लगानी रहेको छ । जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन ।
सन २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर समेत काम गरिसकेका छन ।
यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा थप सक्रिय रहेका छन । उनीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ । जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा विजयी भएका थिए ।
आउने चुनावमा महासचिव पदका लागि चर्चामा अन्य उम्मेदवारसङ्गै जोशीपनि अगाडी छन । विश्वका धेरै एनसीसीमा उनको प्रभाव बलियो र राम्रो छ । उनी सबै टीमको रोजाइँमा परेका ब्यक्ति पनि हुन । सम्भवतः उनी महासचिव पदका साझा उम्मेदवार बन्ने सम्भाबना पनि बढेर गएको छ । हाल महासचिव पदमै अमेरिकाबाट बुद्धीसागर सुवेदी, बेल्जियमबाट हालका सचिव गंगाधर गौतम र जापानबाट एशिया प्याशिफिक संयोजक पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरेका छन ।
क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking,
#NRNA