गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिदा ६ को मृत्यु बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिदा ६ को मृत्यु दीप संञ्चार साउन २८, २०८० गते १३:१६ मा प्रकाशित इङ्लिस च्यानलमा डुङ्गा पल्टिँदा ६ जनाको घटनास्थल मै मृत्यु भएको छ । समाचार अनुसार सो दुर्घटनामा परी अझै दुई जना अझै बेपत्ता छन् । सो दुर्घटनामा रहेका जिबितहरुका अनुसार डुंगामा ६५ जना आप्रवासी सवार थिए ।बेलायतका गृहसचिव ब्रेभरम्यान र फ्रान्सेली प्रधानमन्त्री बोर्नले पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन्। मेयर फ्रान्क डर्सिनले एक्समा ट्वीट गर्दै दुर्घटनाको बारेमा जानकारी दिए। उनले ट्वीट गरे कि, ‘अर्को दुर्घटना कैलाइसरविसेंट तटमा भयो। दुर्घटनामा धेरै आप्रवासी डुबेका छन् । अङ्ग्रेजी च्यानलमा हुने दैनिक दुर्घटनाका कारण एकदिन हामीले च्यानल र भूमध्यसागरमा हुने मृत्युको तथ्यांक रेकर्ड गर्न बन्द गर्नुपर्ने छ ।’ मेयरले एउटा तस्बिर पनि सेयर गरेका छन, जसमा उद्धार टोलीले मानिसहरूलाई उद्धार गरिरहेको देखिन्छ।विदेशी सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने जबकी दुई यात्रु अझै घाइते छन् । डुंगामा जम्मा ६५ देखि ६६ जना सवार रहेको दुर्घटना पीडितहरुले बताएका छन् । स्थानीय फ्रान्सेली अधिकारीहरूले २० भन्दा बढी व्यक्तिहरूलाई बेलायती अधिकारीहरूले डोभर लगेको बताएका छन्।विदेशी मिडियाका अनुसार अंग्रेजी च्यानल संसारको सबैभन्दा व्यस्त जलमार्ग मध्ये एक हो। ओभरलोड पानीजहाजका कारण खस्रो समुन्द्रमा मृत्यु हुनु सामान्य भएको छ ।एक रिपोर्ट अनुसार सन् २०१८ यता १ लाख आप्रवासीले सो च्यानल पार गरिसकेका छन् । यसबाहेक सन् २०२३ मा हालसम्म १६ हजार व्यक्ति संलग्न भएका छन् ।मार्चमा बेलायतले पेरिसमा प्रत्येक वर्ष सयौं मिलियन युरो पठाउन सहमत भएको थियो। फ्रान्सेली अधिकारीहरूले त्यसपछि च्यानलमा गस्ती बढाएका छन्। यसका साथै दुर्घटना हुन नदिनका लागि अन्य उपायहरु पनि गरिरहेका छन् ।एक रिपोर्ट अनुसार सन् २०१८ यता १ लाख आप्रवासीले सो च्यानल पार गरिसकेका छन् । यसबाहेक सन् २०२३ मा हालसम्म १६ हजार व्यक्ति संलग्न भएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न