गृहपृष्ठ ∕ राजनीति ∕ सुशासनमा सरकारले आज एक पाइला अगाडि सारेको छ – प्रधानमन्त्री प्रचण्ड सुशासनमा सरकारले आज एक पाइला अगाडि सारेको छ – प्रधानमन्त्री प्रचण्ड दीप संञ्चार भदौ १०, २०८० गते २०:०९ मा प्रकाशित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनमा सरकारले आइतबार एक पाइला अघि सारेको बताएका छन्। ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा पेस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनमा सरकारले एक पाइला अघि सारेको बताए।ललितपुरको भैंसेपाटीमा निर्माण भएका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवासीय कार्यालय हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री दाहालले यो सुशासन दिने प्रतिबद्धताअनुरुप सरकारकव पहिलो पाइला भएको बताएका छन्।प्रधानमन्त्री प्रचण्डले सबै दलहरूसँग समन्वय गरेर नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशका रुपमा विश्वसामु चिनाउने आफ्नो चाहना रहेको बताए।आफ्नो ठाउँबाट सबैलाई समझदारी बनाएर अगाडि बढ्ने प्रयास गर्दै आएको उनको भनाइ थियो। ुआजको दिन ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको दिन पनि हो । यस हिसाबले आज सरकारले सुशासनमा एक पाइला अघि सारेको छ। मैले देशको कार्यकारी प्रमुखको हैसियतले नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशको रुपमा विश्वसामु चिनाउन चाहेको छु, म त्यसका लागि सबैलाई आग्रह गर्छु,’ उनले भने।यस्तै प्रचण्डले भवनमा रहेर प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूले गर्ने सेवा प्रवाहले देशको संघीयता र त्यसको प्रभावलाई झल्काउने बताए।‘यी भवन निर्माणको विषयमा प्रश्न उठ्न सक्छन् । तर प्रदेशहरूको स्थायित्व बढाउने हिसाबले यी भवनमा गरिएको लगानी अर्थपूर्ण छ । मैले संघीयता संस्थागत गर्ने बाटोमा पनि हामीले एक कदम अघि अगाडि बढाएको महसुस गरेको छु,’ प्रधानमन्त्री दाहालले भने।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रचण्ड, #प्रधानमन्त्री तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न