दाङ्ग, जन्मिदै अपाङ भएर जन्मिए । खुट्टामा समस्या भएकोले हिड्न बन्दैन । घस्रीएर हिड्छन । खुट्टाको उपचारका लागि लाखौं रुपैयाँ खर्च गरे तर सम्भब भएन ।
घर देखि टाढा जानू पर्यो भने साइकल चलाएर जाने गर्दछन । करिब पन्ध्र बर्ष अघि काम खोज्दै नेपाल आएका भारतको बिहार पटना घर भएका ३२ बर्षिय प्रदीप शर्मा । नेपाली भाषा प्रष्ट बोल्छन । दुई दाजुभाइ एक बहिनी र आमा छन उनको घरमा । सानैमा बाबुले सबै परिवार छोडेर बेखबर भए पछि प्रदीपको परिवार झन समस्यामा परेको थियो ।
घरको मुलि मान्छे सम्पर्क बिहिन भए पछि उनिहरुको लेखाइ पढाईमा समेत असर पुग्यो । बुवा सम्पर्क बिहिन भए पछि आमा र बहिनिको थप जिम्मेवारी थपियो उनिमा,जसका कारण धेरै सपनाहरु भताभुङ्ग भएका हुन । गाउकै काका पर्नेको साथमा कामको खोजिमा नेपाल आएको उनी बताउछन । सुरुमा नेपाली समाजमा घुलमिल हुन निकै कठिन भयो,काम सिक्दै गए र भाषा पनि सिक्दै गए उनले भने । खासगरी पेन्टरमा दक्खल राख्ने प्रदिप घर सजावटका काठका सम्पुर्ण सामाग्री बनाउनमा सिपालु छन ।
यति बेला उनी दाङको लमहीमा एक काष्ठ फर्निचरमा हेड मिस्त्रीको रुपमा काम गर्दै आएका छन । लगातार कामको माग भयो भने महिनाको एक लाख सम्म कमाउने गरेको नत्र मासिक ५० हजार रुपैयाँ त् मज्जाले कमाउछु प्रदीपले भने ।
भारतको बिहारबाट कामको खोजिमा भौतारिएर नेपाल आएका प्रदिपलाई अहिले लमही बजारमा कामको चाङ लाग्ने गरेको उनी बताउछन । कतै ज्यालादारी मा काम गर्छन त कतै ठेक्कामा । जब उनी सिक्दै आएको काममा दक्ष भएपछि नेपालको बसाई बिस्तारै सुखद हुँदै गयो । भारतबाट नेपाल आएको करिब सात बर्ष पछि दाङको लमहीस्थित चैलाहीबाट चौधरी समुदायको छोरी सङ्ग मागि बिहे गरे प्रदीपले । जन्मथलो भारतको बिहार भए पनि नेपालको दाङलाई उनी कर्मथलो भनेर भन्ने गर्दछन । अहिले प्रदीप श्रीमतीसङ्गै लमहीमा बस्दै आएका छन ।
उनलाई कुनै दिन काम बिहिन भएर बस्नु परेको छैन । काठ मिस्त्रीको कमाईबाट प्रदीपले लमहीमा साढे पाँच धुर घडेरी समेत जोडेका छन । त्यस्तै भारतमा बस्ने घरपरिवारको लागि पनि आबस्यक अनुशार घरखर्च पठाउने गरेको बताए ।
लामो समय भयो नेपाल बस्न लागेको अब त बिहार भन्दा नेपाल नै राम्रो लाग्दै गएको छ प्रदिपलाई । उनी भन्छन ‘बुवा आमा हुँदा सम्म आउने जाने गरिन्छ होला त्यस पछि त सायदै…।’
क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking