गृहपृष्ठ ∕ समाचार ∕ बिरामीको ज्यान गएपछि चितवन मेडिकल कलेजमा तोडफोड बिरामीको ज्यान गएपछि चितवन मेडिकल कलेजमा तोडफोड दीप संञ्चार कात्तिक ३, २०७६ गते २०:४१ मा प्रकाशित चितवन कार्तिक ३उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् । नाकमा समस्या भएर उपचारका लागि ल्याइएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा शनिबार ज्यान गएपछि उनीहरुका आफन्तले अस्पतालको आईसीयू, सीसीयू, गेटलगायतका क्षेत्रमा तोडफोड गरेका छन् । मृतकका आफन्तले कलेजले लापरवाही गरेर बिरामीको ज्यान गएको आरोप लगाएका छन् । झण्डै दुई सयको संख्यामा आएका मृतकका आफन्तको टोली कलेजमा तोडफोड गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।‘भित्र वार्ता पनि भइरहेको थियो, केही मान्छेहरुले बाहिर तोडफोड गरे, केही भित्रै आएर आक्रमण गरे’ देवकोटाले भने, ‘प्रहरीलाई समेत आक्रमण गरे, कलेजमा त्रासको वातावरण बन्यो ।’ चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले तोडफोडमा संग्लनहरुलाई पक्राउ गरिएको जानकारी दिए । तोडफोड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अस्पतालमा प्रहरीले सुरक्षा दिएको छ ।तोडफोड गर्ने १२ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा