गृहपृष्ठ ∕ समाचार ∕ नेपालगञ्जमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन जारी नेपालगञ्जमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन जारी दीप संञ्चार असोज १६, २०८० गते १४:३७ मा प्रकाशित नेपालगञ्ज सहर तनाबग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको भएपनि स्थिति नियन्त्रण बाहिर गएको छ ।हिन्दु र मुस्लिम समुदायबिच अचानक तनाब बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको थियो तर चोक चोकमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन भईरहेको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउसो १ः ०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१० ३० बमोजिम कर्फ्यू आदेश जारी गरेर स्थीति नियन्त्रणमा लिने प्रयास गरेको हो ।अचानक दिउँसो देखी स्थीति असहज हुदैँ गए पछि जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज नगर क्षेत्र पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासहितको चार किल्ला सिमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले सो क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाईने गरी कर्फ्यू आदेश जारी गरेको हो ।स्थानीय प्रशासनका अनुसार गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको ‘हिंसात्मक’ स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्याली आयोजना गरेको थियो भने आज मात्रै ओमकार परिवार हिन्दु समाजले निकालेको रयालीको क्रममा विवाद दुबै पक्षबिचमा असहज स्थीति उत्पन्न हुन गएको थियो ।नेपालगंज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन भएपछि कर्फ्यू लगाउनु परेको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न