गृहपृष्ठ ∕ समाचार ∕ भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट दीप संञ्चार असोज १७, २०८० गते ७:३५ मा प्रकाशित भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको कमलबिनायकमा रहेको मिनीमार्ट र खाद्य पसलहरुको मंगलबार अनुगमन गरिएको छ ।अनुगमनमा क्रममा लेवल नभएको सामानहरु धेरै भेटाएको संयोजक गोराले बताए । उनका अनुसार अनुगमनमा सर्वशुलभ उपभोक्ता सहकारी मिनी मार्टमा प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्री वितरण गर्न र म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरिएको छ ।उनका अनुसार शिवम् ओम सप्लायर्सलाइ प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न, पसल नवीकरण गर्न, मूल्यसूचि राख्न र सबै खाद्य अनुज्ञापत्र विना प्याकेजिड्ड सामानहरु सबै भएकोले तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ भने एस एण्ड एस स्टोरलाइ नवीकरण गर्न, म्याद नाघेको सामानहरु दत्तात्रय खाद्य उद्योगको सोयाबोडी मस्यौरालगायत जफत गरिएको थियो ।अनुगमनमा कार्यपालिका सदस्य श्यामकृष्ण खत्री, राशनमैया सुवाल, रिता फसिकवा, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न।नि। दिलिप कुमार सुवाल, व।नि।रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बिकास श्रेष्ठ, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा लगायतका प्रतिनिधिहरु सहभागी थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट