माल्टामा भुवन केसीद्वारा ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन

युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन गरेका छन् ।
एमसिदा जिराको ब्ल्याक पर्ल रेष्टुराँमा आयोजित समारोहमा अध्यक्ष केसीले माल्टाबासी नेपालीहरु माँझ नेपाली चलचित्र र कला संस्कृतिको प्रवद्र्वनमा सघाउन समेत आग्रह गरे ।
नेपालीपनको आभास दिलाउन सक्ने कार्यक्रम आयोजना गर्न सके बोर्डबाट हुनसक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए । लोकगायिका सुनिता दुलाल समेत सहभागी कार्यक्रममा उनको सांगीतिक प्रस्तुतिले माहौंल तताएको थियो । उनले आफ्ना चर्चित गीतहरु सुनाएर मनोरंजन प्रदान गरिन । नायिका जिया केसीसँगै त्यहाँ पुगेका अभिनेता केसीले समेत कार्यक्रममा गीत गाए ।
युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृति, एवं भेषभुषाको प्रवद्र्धन सँगै व्यवसायिक ढंगले विभिन्न मनोरंजनात्मक गतिविधि आयोजना गर्ने उद्देश्यले उक्त संस्था खोलिएको यसका परिकल्पनाकार तथा संरक्षक जिके शर्माले बताए ।
यसका निम्ति नेपालस्थित राइज मिडिया नेटवर्कसँग सहकार्यका निम्ति समझदारी भएको समेत उनले जानकारी गराए । राइज मिडिया अडियो भिडियो निर्माण तथा इभेन्ट म्यानेजमेन्ट सँगै संचार क्षेत्रमा आबद्ध संस्था हो । माल्टा लगायत युरोपमा रहेका नेपालीहरुलाई एकताबद्ध गरी नेपालको मौलिकतालाई युरोपमा प्रवद्र्वन गर्न ब्लु हर्स इन्टरटेन्मेन्ट निरन्तर सक्रिय रहने समेत शर्माको भनाई थियो । यस संस्थाको संरक्षक उदयबाबु श्रेष्ठ रहेका छन ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) तथा संस्थापक अध्यक्ष तेज बहादुर लिम्बु द्वयले नेपाली कला संस्कृतिको प्रवद्र्धनका लागि नयाँ खुलेको संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एनआरएन माल्टाका सल्लाहकार हरि बिसिले समग्र टिमलाई शुभकामना व्यक्त गर्दै ब्लु हर्ष ईन्टरटेन्टमेन्टले युरोपमा रहेका नयाँ प्रतिभाहरुलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण अवसर प्रदान गर्न सक्ने विचार राखे ।
माल्टाबासी नेपाली, विभिन्न संघ संस्था प्रतिनिधि एवं व्यवसायीहरुको उपस्थिति रहेको कार्यक्रम ब्लु हर्स इन्टरटेन्मेन्ट संयोजक डम्बर राणाको संयोजकत्वमा भएको थियो । कार्यक्रमको संचालन असिम लोप्चनले गरेका थिए । माल्टा पछिल्लोसमय नेपालीहरुका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको छ ।
क्याटेगोरी : ग्लोबल, मनाेरञ्जन
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस