गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ गाउमै स्वास्थ्य केन्द्र पाउदा स्थानीय खुशी गाउमै स्वास्थ्य केन्द्र पाउदा स्थानीय खुशी दीप संञ्चार कात्तिक ४, २०७६ गते १२:४२ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ६ मा नगर स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । गाउमै स्वास्थ्य केन्द्र उद्घाटन भएपछी स्थानीय खुशी भएका छन् । उक्त नगर स्वास्थ्य केन्द्रको आइतवार लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।यो नगर स्वास्थ्य केन्द्र संचालन भए संगै सामान्य बिरामी हुंदा लमही बजार दौडिन पर्ने बाध्यता त्यहांका स्थानियलाई हट्ने भएको छ । वडा नम्बर ६ को मध्यनगरमा स्थापना भएको नगर स्वास्थ्य केन्द्रले वडाका तिन वटा गाउका स्थानीयलाई सेवा प्रबाह गर्ने छ । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख केसीले अब ज्वरो आएर कुनै पनि सर्बसाधारणले ज्यान गुमाउनु नपर्ने बताए । केसीले नगरवासीहरूलाई स्वास्थ्य सेवामा सहज पु¥याउने र नगरबासीलाई आफ्नै वडाबाट स्वास्थ्यको पहुँच पु¥याउने उद्घेश्य नगरपालिकाको भएको बताए । स्वास्थ्य कार्यक्रमलाई नै नगरपालिकाले प्राथमिकतामा राखेको नगर प्रमुख केसीले बताए ।कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले आफ्नो वडामा नगर स्वास्थ्य केन्द्र संचालन गर्नका लागि आन्तरिक ढिलाई भए पनि अबका दिनमा स्थानीयको स्वास्थ्य उपचारमा कुनै कमि कमजोरी हुन नदिने बताए । नगर स्वास्थ्य केन्द्र हेर्दा सानो भए पनि स्वास्थ्य सेवाका लागि महत्वपुर्ण हुने विश्वास ब्यक्त गर्दै, निशुल्क रूपमा जनतालाई स्वास्थ्य सेवा पुराउन र नगर स्वास्थ्य केन्द्रबाट आम सर्बसाधारणले सहजताको अनुभूति हुने गरेर सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । वडामा आज आईतबार उद्घाटन गरिएको नगर स्वास्थ्य केन्द्रमा अ.हे.ब विष्णुमाया पौडेल, अनमी अर्चना श्रेष्ठ र कार्यालय सहयोगी रमा वली गरि तीन जना कर्मचारी रहने छन् ।लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीको सभापतित्वमा एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्य तथा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी , वडासदस्य अनिता चौधरी, कृष्ण खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण आचार्यले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा