गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए उपाध्यक्षमा राज रेग्मीको उम्मेदवारी, प्रतिवद्धताहरुलाई घोषणापत्रमा मात्रै सीमित नराखेर पुरा गर्ने प्रण एनआरएनए उपाध्यक्षमा राज रेग्मीको उम्मेदवारी, प्रतिवद्धताहरुलाई घोषणापत्रमा मात्रै सीमित नराखेर पुरा गर्ने प्रण दीप संञ्चार असोज ३०, २०८० गते ७:३० मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा राजु रेग्मी (राज)ले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान युवा उपाध्यक्ष रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गराएका हुन् । सो पदमा रेग्मीसहित १८ जनाको उम्मेदवारी दर्ता भएको छ ।जसबाट ६ जना उपाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । एकताबद्ध, सुदृढ र परिणाममुखी एनआरएनए निर्माण आफ्नो प्रतिबद्धता भएको रेग्मीको भनाइ छ । ‘एकताबद्ध, सुदृढ र परिणाममुखी एनआरएनए निर्माणको मेरो प्रतिवद्धतामा यहाँको साथ, सहयोग र समर्थन छ भन्ने आशा लिएको छु’, उम्मेदवारी दर्तापछि रेग्मीले भने, ‘यहाँले मलाई मत दिएर विजय गराउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’रेग्मीले यसअघि नै ८ संकल्पसहित आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । यसपटकको अधिवेशनमा रेग्मीलाई उपाध्यक्षका शसक्त उम्मेदवारका रुपमा लिइएको छ । कतारमा कर्मथलो बनाएका रेग्मी एनआरएनएमाझ परिचित मात्र छैनन्, एनआरएनएमा परिणाममुखी काम गर्ने व्यक्तिका रुपमा पनि आफूलाई स्थापित गराउन सफल भएका छन् ।उनले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागि पर्ने बताएका छन् । ‘मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर यहाँहरुले दिएको जिम्मेवारी पुरा गर्ने प्रण गर्दछु’, आफूलाई निर्वाचित गराउन अपिल गर्दै रेग्मीले भनेका छन् । सबैको साथ र सहयोगको पूर्ण विश्वासका साथ मंगलबारदेखि काठमाडौँमा सुरु ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको रेग्मीको भनाइ छ । ‘हाम्रो यो पबित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागि मैले बनाएर हिडेंका कार्ययोजना र प्रतिवद्धतालाई सफल र परिणाममुखी बनाऊन यहाँहरु सवैको साथ र सहयोगको लागि हार्दिक अपील गर्दछु’, रेग्मीले भने ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा