गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध छ : अध्यक्षका प्रत्याशी शर्मा र श्रेष्ठ एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध छ : अध्यक्षका प्रत्याशी शर्मा र श्रेष्ठ दीप संञ्चार कात्तिक ५, २०८० गते ७:१२ मा प्रकाशित गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारद्वय महेश कुमार श्रेष्ठ तथा आरके शर्माले संघका निवर्तमान अध्यक्ष बद्री केसीले आफुलाई आफै अध्यक्ष घोषित गरी शपथ लिने काम अवैध भएको जनाएका छन ।शनिबार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले निवर्तमान अध्यक्ष केसीले तीन जना अध्यक्षहरु बीच भएको सहमति उल्लङ्घन गरेको आरोप लगाए । स्मरणीय छ, संघका अध्यक्ष कुल आचार्य, रबिना थापा तथा केसीले निर्वाचनमा भएका अनियमतिताहरुको छानबिन गर्न प्राविधिक विज्ञहरु रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्न शुक्रबार सहमति जनाएका थिए। तर उक्त सहमतिको मसी सुक्न नपाउंदै आफै उम्मेदवार रहेका निवर्तमान अध्यक्ष केसीले शनिबार हतार हतारमा शपथ लिएका थिए। ‘देशको समृद्धिमा योगदान दिने उद्देश्यले म यो अभियानमा लागेको हुँ। संस्थालाई यसरी दुरुपयोग गरिन्छ भन्ने थाहा पाएको भए म यो अभियानमै लाग्ने थिइनं,’ श्रेष्ठले भने।त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार आर के शर्माले भेरोले गराएको मतदान प्रक्रियाबारे गम्भीर आशंकाहरु उत्पन्न भए पछि आफुहरुले छानबिन गर्न माग गरेको तर निर्वाचन समितिका एक सदस्यले विवादको टुंगो नलाग्दै एकपक्षीय रुपमा केसी र उनी पक्षीय उम्मेदवारहरुलाई शपथ दिलाएको बताए। ‘यस्तो शपथ हामीलाई मान्य छैन,’उनले भने । उनले एक छानबिन समिति गठन गरेर निर्वाचनका क्रममा भएका सबै अनियमितताहरुको छानबिन गर्न माग पनि गरे।निवर्तमान अध्यक्ष बद्री केसीले एक पक्षीय रुपमा शपथ लिए पछि अध्यक्षद्वय कुल आचार्य र रबिना थापाले छुट्टै भेला गरी महाधिवेशनलाई निरन्तरता दिएका छन्। उनीहरुले निर्वाचन सम्बन्धी विवादको टुंगो नलाग्दै गराइएको शपथ विधान विपरित भएकाले त्यो मान्य नहुने बताएका छन्। कार्यक्रमको संचालन संघका महासचिव डा केशव पौडेलले गरेका थिए।क्याटेगोरी : ग्लोबलट्याग : #Breakig, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न