गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको छ : अमेरिका नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको छ : अमेरिका दीप संञ्चार कात्तिक ७, २०७६ गते २१:३७ मा प्रकाशित काठमाडौंं, संयुक्त राज्य अमेरिकाले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले त्यहाँको एक संसदीय उपसमितिमा नेपालसम्बन्धी ब्रिफिङ गर्ने क्रममा उक्त टिप्पणी गरेकी हुन् ।‘नेपालमा चिनियाँ प्रभाव बढ्दो छ, त्यसैले तिब्बती समुदायमाथि नेपाल सरकारको प्रतिबन्ध छ,’ उपसमितिमा मंगलबार उनले भनेकी छन्, ‘सरकारले तिब्बती बौद्धमार्गी समुदायलाई प्रतिबन्ध लगाउने क्रम बढेको छ । दलाई लामाको जन्मोत्सव मनाउने सार्वजनिक समारोहमा रोक लगाइएको छ ।’ चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको १० दिनपछि अमेरिकी अधिकारीबाट यस्तो धारणा आएको हो ।ब्रिफिङमा उनले नेपालमा जारी भएको फौजदारी अपराध संहिताले जबर्जस्ती धर्म परिवर्तनलाई अपराध मानेकाले धार्मिक अल्पसंख्यक समुदाय जोखिममा परेको पनि उल्लेख गरेकी छन् । नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चित गरिए पनि व्यवहारमा लागू हुन चुनौती रहेको उनको टिप्पणी छ ।पछिल्लोपटक बन्न लागेका मिडिया कानुनबारे उनको टिप्पणी छ, ‘नेपालले प्रेस स्वतन्त्रता र लोकतन्त्रका सिद्धान्तहरूको रक्षा गरेको भए पनि अनलाइन मिडियाहरूसम्बन्धी हालैका नियम र निर्देशनहरूले प्रेस स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने आधार तय गरेको छ ।’नागरिकहरूको राजनीतिक अधिकार र जीवनस्तरमा भने सुधार भइरहेको भन्दै उनले प्रशंसा गरेकी छन् । ‘सामाजिक–आर्थिक विकासले नेपालीको जीवनमा महत्त्वपूर्ण सुधार भएको छ,’ वेल्सको ब्रिफिङमा छ ।उनले दक्षिण एसियाका भारत, पाकिस्तानलगायत सबै मुलुकबारे ब्रिफिङ गरेकी थिइन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा