गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न कतारमा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न दीप संञ्चार कात्तिक २५, २०८० गते ०:५१ मा प्रकाशित दोहा – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।कार्तिक १७ गते शुक्रबार मध्यराती जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको विनासकारी भुकम्पमा परि ज्यान गुमाएका १५४ जना मृतक,परिवारहरु प्रती श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रम एनसीसी कतारले दूतावासको सभा हलमा सम्पन्न गरेको हो ।एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व र नेपाली राजदुतावास कतारका महामहिम राजदुत डाक्टर नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा भुकम्पमा परि घाइते भएका प्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो भने बिनासकारी भुकम्पमा परि ज्यान गुमाएका मृतकको सम्झनामा दिप प्रज्वलन गरि आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो ।साथै पिडित परिवारलाई राहत बितरणका लागि एनसीसी कतारले चलाएको यथा सक्य रकम संकलन अभियानमा लुम्बिनी प्रदेश समन्वय परिषद कतारले पीडितहरुको सहयोगार्थ संकलन गरेको सहयोग रकम १७ सय १३ कतारी रियल सोही कार्यक्रममा प्रदेशका कार्यवाहक अध्यक्ष डिल्ली राम भट्टराईले एनसीसी कतारका अध्यक्ष रमेश भट्टलाई हस्तान्तरण गरेका थिए।उनले कतारमा स्थापित संघ संस्थाहरुले आ-आफ्नो क्षेत्रबाट राहत संकलन गरिएको समेत बताए उक्त रकम दूतावास मार्फत प्रधानमन्त्री राज्यकोषमा पठाईने छ।राहत बितरणका लागि एनसीसी कतारले पाँच लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।विभिन्न संघ संस्थाका प्रमुख,प्रतिनिधि लगायतको उल्लेखनीय उपस्तिथि रहेको कार्यक्रमको सहजीकरण महासचिव रविन मगरले गरेका थिए ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न