गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ छिटुवा बेच्न सल्यानबाट देउखुरी छिटुवा बेच्न सल्यानबाट देउखुरी दीप संञ्चार कात्तिक ९, २०७६ गते १०:५५ मा प्रकाशित दाङ्ग, सल्यान कपुरकोट गाउपलिका २ गर्पाका मनराज राना र उनकी श्रीमती दिलसरी राना आफुले बुनेका छिटुवा बेच्न यति बेला देउखुरीको लमही आई पुगेका छन् । छिटुवा बेचेर बार्षिक डेढ लाख सम्म कमाउने गर्दछन । पुरानो परम्परा झल्किने यो छिटुवा अहिले प्लास्टिक बाट निर्मित भएका सामाग्री प्रयोग हुन थाले पछी कम मात्रा मै प्रयोगमा आएको देखिन्छ ।यो छिटुवा गाउघरमा मकै, धान, गहु, तोरी जस्ता अन्नबाली राख्नका लागि प्रयोग हुदै आएको छ भने तिहारको समयमा माइती जाने र आउने छोरी चेलीले कोसेली पाहुर बोक्न पनि प्रयोग गर्ने गर्दछन । रानाले आफै बुन्ने गर्दछन र गाउमा अन्य छिमेकीले बुनेको छिटुवा पनि खरिद गरेर जिल्ला बाहिर लगेर बेच्ने गर्दछन । घरमै गएर किन्नेलाई २ सयमा बेच्ने गरेका छन रानाले । छिटुवा निर्माणका लागि झन्डै १५ घार खर्स्या र चिल्या जातको बाँस रोपेका छन । निकै मेहनत गर्नु पर्छ, हात काट्ने, चोट पटक लाग्ने डर हुन्छ तर पनि पुर्खै देखि बाबुबाजेले गर्दै आएको पेशा भएकोले छोड्न मन लाग्दैन रानाले भने । रानाले बुनेका छिटुवा बांके, बर्दिया र धनगढी सम्म पुग्ने गरेका छन् । छिटुवा बुन्ने बाहेक उनले सल्यानको गर्पा बजारमा किराना पसल समेत गरेका छन । रानाको दस जनाको परिवार यहि पेसाबाट मज्जाले पालेको बताए ।गएको बर्षमा मात्र ३ हजार छिटुवा लमहीमा खपत भएको थियो । यस्तै अन्य जिल्लामा पनि सैयौ छिटुवाको माग भैरहेको हुने तर माग अनुशारको दिन नसकेको उनले बताए । पहाडी जिल्ला भन्दा तराई तिर छिटुवाको माग बढी हुने गरेको उनको भनाई छ । उनीहरुले सामान ढुवानीका लागि एक वटा पिकअप भ्यान समेत भाडामा लिएका छन् । उनीहरुको घरमा सानो किराना पसल पनि छ त्यो छोरीले हेर्ने गर्छिन । जता–जताबाट छिटुवाको माग आउछ म पनि बुढा संगसंगै जान्छु र यसैबाट आएको पैसाले छोराछोरीलाई लेखाउने पढाउने, औषधी उपचार र घरखर्च समेत चलेको दिलसरीले बताईन ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न