गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट शुभारम्भ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट शुभारम्भ दीप संञ्चार मंसीर १५, २०८० गते ३:२७ मा प्रकाशित दोहा – आज बाट कतारमा एमबिएल रेमिट शुरु भएको छ । कतारमा रहेका नेपालीहरु माझ आज बाट शुरु भएको रेमिटले एक कार्यक्रम गरि आफ्नो सेवा शुभारम्भको घोषणा गरेको हो ।नेपाली समुदायका विभिन्न क्षेत्रमा आवद्ध नेपालीहरुलाई समेट्दै माछापुच्छ्रे बैंकका मध्यपूर्व व्यवसाय संयोजक सुजन सापकोटाले सेवा शुभारम्भको घोषणा गरेका हुन् ।अलफरदान एक्स्चेन्जसंगको आपसी सम्झौतामा रेमिटले आफ्नो सेवा शुभारम्भ गरेको सापकोटाले जानकारी गराएका हुन । बिगत २३ बर्ष देखि पश्चिमाञ्चल को क बर्गको माछापुच्छ्रे बैंकले मध्यपुर्वका ४ वटा देशमा आफ्नो रेमिट बिस्तार गरेको हो ।सबै नेपालीले छिटो र सरल तरिकाले आफ्नो घरमा आफ्नै नेपाली बैंक मार्फत पैसा पठाउने माध्यमका रुपमा एमबिएल रेमिटलाई कतारमा ल्याइएको हो । माछापुच्छ्रे बैंकको एमबिएल रेमिट मार्फत निरन्तर पैसा पठाउने श्रमिकलाई नेपालमा १० लाख सम्मको व्यवसायीक कर्जा सहुलियत दिईने पनि सापकोटाले जानकारी दिए ।निरन्तर ५ महिना सम्म एमबिएल रेमिट मार्फत नेपाल पैसा पठाउने श्रमिकले २ लाख सम्मको क्रेडिड कार्ड पाउन सक्नेछन । उक्त क्रेडिड कार्ड नेपालमा रहेको परिवारले प्रयोग गर्न पाउनेछन ।माछापुच्छ्रे बैंकमा खाता खोलेका र विदेशमा रहेका व्यवसायीहरूलाई १५ हजार अमेरिकी डलर बराबरको डलर कार्ड सुविधा पनि उपलब्ध गराइने जनाइएको छ ।संयोजक सापकोटाले कतारमा रहेका श्रमिकहरु विच बैंकिङ ज्ञान संगै रेमिट को एप्लिकेसन प्रयोग लगायतका विषयमा क्याम्पियन गरिने पनि बताए । कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघ, नेपाल व्यवसायी संघ , बैचारिक संस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी तथा पत्रकारहरुले रेमिट शुभारम्भको अवसरमा शुभकामना दिएका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फ, समाचारट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा