Techie IT
×
गृहपृष्ठसमाचारएनसेलको सेयर खरिद-बिक्रीको अभिलेखीकरण नगर्न उच्च अदालतको आदेश

एनसेलको सेयर खरिद-बिक्रीको अभिलेखीकरण नगर्न उच्च अदालतको आदेश


काठमाडौँ । एनसेलको सेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

 

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिद बिक्री भएको भए पनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले एनसेल सम्बन्धीको अघिल्लो रिटमा २५ गतेका लागि छलफलमा बोलाएको छ ।

उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस