गृहपृष्ठ ∕ समाचार ∕ मन्त्री किराँतीको प्रष्टीकरण: अर्काको अस्तित्वलाई स्वीकार गर्नु आफ्नो अस्तित्व सम्मानित हुनु हो मन्त्री किराँतीको प्रष्टीकरण: अर्काको अस्तित्वलाई स्वीकार गर्नु आफ्नो अस्तित्व सम्मानित हुनु हो दीप संञ्चार पुस ५, २०८० गते २३:०१ मा प्रकाशित काठमाडौं । एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रष्टीकरण दिएका छन् ।मन्त्री किराँतीले संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको जिकिर गरेका छन् ।अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्नेमा आफ्नो जोड रहेको उनले बताए । उनले अहिले आफू सबैको अभिभावक रहेको र सबै अस्तित्वको समान गर्ने प्रस्ट पारेका छन् ।सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दू भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौं । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’मन्त्री सुदन किरातीले बुधबार काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा क्रिस्चियन धर्मको घृणा गर्नेलाई हतकडी लगाएर जेल कोच्नुपर्ने अभिव्यक्ति दिएका थिए । ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले भनेका थिए।सो अभिव्यक्ति अहिले चौतर्फी आलोचना भइरहेको छ । उनको राजीनामासमेत मागिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा