गृहपृष्ठ ∕ समाचार ∕ चिसोका कारण जाजरकोटमा सुत्केरीको मृत्यु चिसोका कारण जाजरकोटमा सुत्केरीको मृत्यु दीप संञ्चार पुस १२, २०८० गते १३:४५ मा प्रकाशित जाजरकोट । जाजरकोटमा चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो।कमजोर आर्थिक अवस्थाका कारण १७ मंसिरमा सुत्केरी भएकी उनलाई परिवारले उनलाई त्रिपालबाट सुरक्षित ओत्मा सार्न सकेको थिएन । चिसो र त्यहीकारण भएको संक्रमणको उपचार नपाएका कारण कल्पनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष देविका शाहले बताइन् । ‘चिसोले उनको शरीर सुन्निएको थियो । उनी बिरामी थिइन् । परिवारले समयमा उपचार पनि गर्न सकेन,’ उनले भनिन् ।स्थानीयका अनुसार घरबास कार्यक्रमबाट सानो घर बनाएका उनको परिवार भूकम्पका कारण त्रिपालमा पुगेको थियो । गरिब दलित परिवारका उनीहरूलाई साँझ विहानको छाक टार्नै धौ-धौ पर्ने अवस्था छ, त्यहीकारण सुत्केरी हुँदा पनि परिवारले राम्रो उपचारको प्रबन्ध गर्न सकेको थिएन ।भूकम्पपछि चिसोका कारण जाजरकोटमा मात्रै तीन बालबालिकासहित २९ जनाको मृत्यु भइसकेको छ भने रुकुमपश्चिममा अन्य ५ जनाको ज्यान गएको छ ।यता जिल्ला प्रहरी कार्यालयले भने त्यसबारे जानकारी नआएको जनाएको छ । ‘भूकम्पले मान्छेहरू त्रिपालमा बस्नुपर्ने अवस्था छ । चिसो पनि छ, तर त्यस्तो मृत्यु भएको कुरा हामीलाई खबर आएको छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधव बीसीले भने, ‘हामी कहाँ जाहेर भयो भने पोष्टमार्टम गर्नुपर्ने हुन्छ । मुद्धा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसकारण पनि मान्छेहरूलाई प्रहरीलाई खबर गर्दैनन्, त्यस्तो भएका हुन पनि सक्छ ।’क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा