प्रचण्डजीसंग दुरी बढेको छैन-ओली

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षको दुरी बढेको समाचार आईरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको खबरहरु आएका छन् । तर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले भने त्यसलाई अस्वीकार गरे ।
असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीमा दुई अध्यक्षबीच दूरी बढेको हो भन्ने प्रश्न सोधिएको थियो । जवाफमा ओलीले ठट्यौली पारामा भने रमाइलो कुरा गर्नुभयो । काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भयो ।’
यो भन्दाबाहेक दूरी नबढेको भन्दै तपाईहरुको गणित मिलेन । दूरीको अवस्था पनि छैन, सम्भावना पनि छैन । उनले अघि भने ।
प्रचण्डले आफूलाई मदन भण्डारीसँग तुलना गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले प्रचण्डले के भन्नुभयो भन्ने आफूले नसुनेको बताए । यसअघि शुक्रबार मोरङमा भएको एक कार्यक्रममा नेकपाका अर्का अध्यक्ष प्रचण्डले आफूलाई मदन भण्डारीसँग तुलना गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस