Techie IT
×
गृहपृष्ठसमाचारकान्तिपुरविरुद्ध रविले हाले गाली-बेइज्जतीको मुद्दा, १५१ रुपैयाँ क्षतिपूर्ति माग

कान्तिपुरविरुद्ध रविले हाले गाली-बेइज्जतीको मुद्दा, १५१ रुपैयाँ क्षतिपूर्ति माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै लामिछानेले काठमाडौं जिल्ला अदालतमा मंगलवार मुद्दा दायर गरेका हुन् ।

मुद्दामा कान्तिपुर पब्लिकेसन, पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको छ ।

‘मेरो चरित्र हत्या हुनेगरी विपक्षीहरूले उल्लेखित मिति २०८०/०९/०९ गतेदेखि मिति २०८०/०९/१३ गतेसम्म कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका र अनलाइन पत्रिका ईकान्तिपूर डटकमसमेतबाट झुटो समाचार सम्प्रेषण एवं प्रकाशन गरी म फिरादीसमेतको नाम जोडी गालि बेइज्जती गरी मुलुकी अपराधसंहिता २०७४ को गाली बेइज्जतीसम्बन्धी परिच्छेदको दफा ३०५, ३०६ को ०१ र ०२ तथा दफा ३०७ को कसुर गर्नु भएकाले विपक्षीहरूलाई ऐ।ऐ, को दफा ३०५ तथा दफा ३०७ बमोजिम हदैसम्मको कैदको सजाय गरी म तथा मेरो परिवारको इज्जत प्रतिष्ठा, व्यवसाय तथा राजनीतिमा समेत हानी नोक्सानी भएकाले सो समेतलाई मध्यनजर गरी यो फिराद पत्र दर्ता गर्न लाग्ने कानून व्यवसायीको फी, वारेस खर्च, अदालती शुल्क लगायतको खर्चसहित समग्रमा मलाई पर्न गएको क्षतिको न्यायोचित मूल्यांकन गरी ऐ। ऐनको दफा ३०७ को १ बमोजिम विपक्षी प्रतिवादीहरूबाट सांकेतिक रूपमा क्षतिपूर्ति रकम रु १५१ दिलाई भराई पाऊँ ।’ फिरादपत्रमा भनिएको छ ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम नगरेको बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस