Techie IT
×
गृहपृष्ठसमाचारकांग्रेस संसदीय बोर्डमा महामन्त्री शर्माको ६ बुँदे विमति

कांग्रेस संसदीय बोर्डमा महामन्त्री शर्माको ६ बुँदे विमति


काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको संसदीय बोर्ड बैठकमा ६ बुँदे असहमति जनाएका छन् ।

गएराति कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न बसेको बैठकमा पार्टी सभापतिको कार्यशैलीलगायतका ६ विषयमा असन्तुष्टि जनाएका छन् ।

यस्ता छन् शर्माका विमति :

– उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग प्रष्ट असहमत ।
– संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको?
– राष्ट्रियसभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?
-असमावेशिताको सिद्धान्त विधानमा कि व्यवहारमा ?
-नेतृत्वले फरक विचार समुह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?
– राष्ट्रियसभाकै नेतृत्व गर्ने गरि अपवाद स्विकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य योगदान र योग्यता बोकेका सयौँ साथी हुनुहुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस