Techie IT
×
गृहपृष्ठसमाचारगौशाला २६ को तस्बिर सार्वजनिक गर्ने कार्यकर्तालाई रास्वपाले गर्‍यो निलम्बन

गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने कार्यकर्तालाई रास्वपाले गर्‍यो निलम्बन


काठमाडौं – काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन ।

रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवश सापकोटालाई निलम्बन गरेको हो ।

आज दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको जनाएको छ । ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं,’ रास्वपाले भनेको छ ।

सापकोटाले अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको रास्वपाले जनाएको छ । गोप्य राखिएको पीडितको पहिचान सार्वजनिक गर्न कानुनले रोक लगाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस