एनआरएनएको बैंक खाता रोक्का, सम्पत्ति शुद्धिकरण ऐन विपरित खाता खुल्ला गर्न बद्री केसीको धम्की

काठमाडौं- गैरआवासीय नेपाली संघ(एनआरएन)को बैंक खाता रोक्का भएको छ ।
संघले सातवटा बैंकमा खाता सञ्चालन गर्ने गरेको थियो । जसमा मुख्य कारोबार गर्ने सानिमा बैंक र माछापुच्छ्रे बैंकमा रहेको खाता रोक्का गरिएको हो ।
गत अक्टोबरमा भएको संघको निर्वाचनमा भेरो प्रणालीमा धाधली गरेर बद्री केसी समूहले विजेता भएको घोषणा गरेका थिए । जसलाई अध्यक्षका प्रत्यासीहरु राजेन्द्रकुमार शर्मा(आरके) र महेश श्रेष्ठको समुहले अस्वीकार गरेका थिए ।
उपाध्यक्षका उम्मेदवार केशव पौडेलको काठमाडौंमा झरेको मतमा शुन्य मत देखिएको र भेरो प्रणालीमा भएको निर्वाचनमा गम्भिर समस्या देखिएपछि १५ दिनको अध्ययन गरेर त्यस आधारमा अगाडि बढ्ने सहमति भएको थियो । तर,सहमतिलाई बद्री केसी पक्षले एकलौटी ढंगले अस्वीकार गर्दै सहमति विपरित निर्वाचन समितीका सदस्य टिबि कार्कीमार्फत सपथ लिएपछि संस्थामा तिब्र विवाद रहेको छ ।
केसी समूहले एक पक्षीय ढंगले सपथ लिएपछि अध्यक्षका प्रत्यासीहरु शर्मा र श्रेष्ठ समूहले होटल हिमालयमा भेला बोलाएका थिए । तत्कालिन अध्यक्षहरु कुल आचार्य र रविना थापाले होटल हिमालयमा सम्मेलन समापन गर्नको लागि भेला बोलाएका थिए । सो भेलाले आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति बिधिवत रुपमा चयन गरेको थियो ।
त्यसपछि एनआरएनएमा वैधानिकताको विवाद रहेको छ । हरेक १० बर्षमा एनआरएनएको नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।
एनआरएनए दर्ता भएको परराष्ट्र मन्त्रालयले संस्थामा विवाद देखिएको भन्दै अहिलेसम्म नवीकरण गरेको छैन । परराष्ट्र मन्त्रालयले अहिले छानबिन समिति समेत गठन गरेको छ । यो भन्दा पहिले नै सिआइवीको अनुसन्धानले निर्वाचनमा धाधली भएको रिपोर्ट गृह मन्त्रालयलाई बुझाईसकेको छ भने गृह मन्त्रालयले पनि उक्त रिपोर्ट पररास्ट्र मन्त्रालयलाई पठाईसकेको छ ।
एनआरएनएको विधान अनुसार हरेक १० वर्षमा संस्था नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । तर, बैंकमा रहेको खाता नवीकरण नगरेको,बैंकमा निवर्तमान कोषाध्यक्षहरु लोक दाहाल र सुनील शाहले खाता बन्द गर्न निवेदन दिँदा पनि केसी समुहले खाता चलाएको अवस्थामा बैंकले खाता तत्कालको लागि रोक्का गर्ने निर्णय गरेको हो ।
बैंकले एनआरएनएले ग्राहकको पहिचान९केवाइसी० अद्यावधिक नगरेको तथा यसले सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ अनुसार केवाइसी अद्यावधिक नभएको तथा संस्था समेत नवीकरण नभएको र सँस्थामा विवाद भई निवर्तमान कोषाध्यक्ष सहित ठुलो समुहले निवेदन दिएको अवस्थामा खाता सञ्चालन गर्नु सम्पत्ति शुद्धिकरण निवारण ऐन विपरित हुने भन्दै रोक्का गरेको हो ।
एनआरएनएको नवीकरण नभएको र केवाइसी अपडेट नभएको लगाएतका कारण खाता सञ्चालन रोक्का गर्नुपर्ने स्थिति आएको जानकारी खाता रोक्का गरेका एक बैंकका अधिकारीले दिए ।
‘नियम अनुसार खाता रोक्का भएपछि दबाव दिनको लागि बद्री केसी समूह नै बैंकमा आएको थियो,’ति बैंकका अधिकारीले भने,‘केवाइसी समेत अपडेट नभएको खाता सञ्चालन गर्न हामीहरुलाई कठिन हुन्छ,उनीहरुले खाता सुचारु नभएमा माथिल्लो तहबाट दवाव दिएर सञ्चालन गर्ने धम्की समेत दिएर गएको बैंकका एक कर्मचारीले बताए । उनले जस्ले धम्की दिएपनि बैंक सिस्टममा चल्ने बताए ।
एनआरएनएका निवर्तमान कोषाध्यक्ष लोक प्रसाद दाहाल र सुनील शाहले ढिलै भएपनि आफूहरुको माग बैंकले पुरा गरेको बताए । दाहालले अधिवेसनदेखी अहिलेसम्म बैंकबाट खर्च भएको रकमको जिम्मा बद्री केसीले लिनुपर्ने र त्यो रकम उनको समुहले तिर्नुपर्ने बताए । दाहालले विश्वका गैर आवासीय नेपालीहरु बाट संकलित रकम आफ्नो निजी कम्पनीको जस्तो खर्च गर्ने छुट कसैलाई नभएको र जस्ले मनिमानी गरेका छन कार्वाहीको दायरामा ल्याइने बताए ।
क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस