Techie IT
×
गृहपृष्ठसमाचारबिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु


काठमाडौँ – मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको म्र्त्यु भएको छ ।

बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको ज्यान गएको हो । हिजो दिउँसो आफ्नै घर अगाडि हिँडिरहेका बेला बिजुलीको पोल ढलेर लाग्दा उहाँ गम्भीर घाइते भएका थिए ।

उहाँलाई हेटौँडामा उपचार हुन नसकी भरतपुर लगिएको थियो । चिवतन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान उहाँको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस