Techie IT
×
गृहपृष्ठराजनीतिप्रचण्ड-ओलीलाई चित्रबहादुर केसीको प्रश्न : सहकारीको करोडौं ठग्नेलाई किन गृहमन्त्री बनाएको ?

प्रचण्ड-ओलीलाई चित्रबहादुर केसीको प्रश्न : सहकारीको करोडौं ठग्नेलाई किन गृहमन्त्री बनाएको ?


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई वटा पासपोर्ट राखेको र सहकारीको करोडौं ठगीको आरोप लागेको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै आपत्ति जनाएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतको प्रस्ताव माथिको छलफलका क्रममा केसीले रवि लामिछानेलाई गृहमन्त्री बनाउने के बाध्यता थियो भनी प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री मिलेर नागरिकता दुई वटा भएको मान्छे, पासपोर्ट दुई वटा भएको मान्छेलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनु भएन ? व्यक्तिगत रूपमा केही इर्ष्या छैन । अहिलेका गृहमन्त्रीलाई सहकारीको करौडौं ठगी गरेको आएको छ छैन ? यस्तालाई मन्त्री बनाउने तपाईहरु योग्य रु तपाईंहरू गतिलो होर ?’ केसीले भने । केसीले बोल्दा गृहमन्त्री लामिछाने संसदमै थिए ।

केसीले बोल्दा कांग्रेस सांसदहरूले टेबल ठोकेर समर्थन गरेका थिए ।

केसीले ९९ प्रतिशतले समर्थन गर्दा पनि प्रचण्डलाई विश्वासको मत नदिएको स्मरण गर्दै यसपटक पनि भोट नदिने बताए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस