Techie IT
×
गृहपृष्ठसमाचारसिन्धुलीमा नेपाली टेलिकमको टावरमा वम विस्फोट

सिन्धुलीमा नेपाली टेलिकमको टावरमा वम विस्फोट


काठमाडौँ।   सिन्धुलीको सुनकोशीमा टेलिकम टावरमा वम विस्फोट भएको छ।

 

सुनकोशी गाउँपालिका–१ को दुम्जाडाँडाको बीपी पार्कमा टेलिकम टावरलाई लक्षित गरि  अज्ञात समूहले शुक्रबार बिहान कुकर वम विस्फोट गराएका छन् ।

 

बीपी पार्कभित्र रहेको टेलिकम टावरको भवनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

सिन्धुली प्रहरीका प्रवक्ता एवं डीएसपी चिरञ्जीवी दाहालका अनुसार टेलिकम टावरको भवनको झ्यालमा कुकर वम विस्फोट भएको थियो । कुकरको बिर्को र पेट्रोलको गन्ध आउने दुई वटा बोतल प्रहरीले बरामद गरेको छ । विस्फोट भएको स्थानमा जनमुक्ति सेना नामको पर्चासमेत भेटिएको र विस्फोटमा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस