गृहपृष्ठ ∕ समाचार ∕ महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा दीप संञ्चार कात्तिक १४, २०७६ गते १९:५२ मा प्रकाशित काठमाडौं, यौन दुराचारको अभियोग लागेका नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा चलाइएको छ ।महानगरीय प्रहरी परिसरबाट प्राप्त अनुसन्धानको फाइल अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्दा चलाएको हो । जवरजस्ती करणी प्रयास उद्योग अन्तर्गत साढे ३ वर्षदेखि ५ वर्षसम्मको कैद सजाय मागसहित सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दाको फाइल पेश गरेको हो ।सरकारी वकिलको कार्यालयले सार्वजनिक पदमा बसेको व्यक्तिले करणी प्रयास गरेको हुनाले थप साढे दुई वर्ष सजाय माग दाबी पनि गरेको छ । यसो हुँदा महराविरुद्ध सरकारी वकिल कार्यालयले साढे ५ देखि साढे ७ वर्षसम्म जेल सजाय माग दाबीसहित मुद्दाको फाइल अघि बढाएको हो । महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्धी दफा आकर्षित हुने गरि सरकारी वकिलको कार्यालयले अभियोगपत्र बनाएको हो ।नर्भिक अस्पतालमा उपचाररत महरालाई बिहीबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अब उनीमाथि लगाइएको अभियोगबारे उनी पक्षका वकिलहरुले बहस गर्नेछन । बहस सकिएपछि महरा सादा तारेखमा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्ने अदालतले निर्णय दिनेछ । यो संहिता अन्तर्गत १८ वर्षमाथिका महिलालाई बलात्कार गरेको पुष्टि भएमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ ।बलात्कार प्रयासको हकमा अधिकतम् १० वर्षको आधा अर्थात् ५ वर्ष जेल सजाय माग गरिनेछ । महराविरुद्ध फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ आकिर्षत हुने गरि अभियोगपत्र दर्ता गरिँदैछ । यो संहिताको दफा १५ ‘ङ’ मा ‘कुनै सरकारी कार्यालय, सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहोदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय,’ व्यवस्था गरिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा