Techie IT
×
गृहपृष्ठग्लोबलगल्फगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न

गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न


दोहा – गृह जिल्लामा गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कोष स्थापना गर्ने उद्देश्यले दाङ देउखुरी सेवा समाज कतारले आयोजना गरेको “तिज विशेष सांस्कृतिक कार्यक्रम-२०८१” सम्पन्न भएको छ । कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित भर्षटायल गायिका रिता केसीले उद्धुम मच्चाइन् ।

आफू दोस्रो पटक सांगीतिक प्रस्तुति दिन कतार आउन पाउँदा खुसी लागेको बताउँदै आयोजकप्रति आभार व्यक्त गर्दै उनले सांगीतिक प्रस्तुति राख्न शुरु गरिन् । अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टमा खचाखच भरिएका दर्शकमाझ गायिका केसीले प्राण भन्दा प्यारो माइतीघरबाट कार्यक्रमको ढोका उघारिन् । उनले क्रमशः जय शिव शंकर भोला, छड्के नजर, नाइँ नाइँ न भने मायाले, नाच्नमा एक नम्बर, साथ दिइसिन्छ, झ्याउरे गीतलगायत एक दर्जन गीत दुई चरणमा पेस गरिन् । केसीको प्रस्तुतिमा हलमा उपस्थित दिदीबहिनीहरू छमछमी नाचेका थिए ।

बाल कलाकार जिया हमाल, कृजल पन्थीले स्वागत नृत्य राखेको कार्यक्रममा गुना मगर, साजना स्वर्णकार, इन्दिरा शाह, शान्ति वली, रेश्मी सेन्चुरी, सिर्जना क्षेत्रीले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रस्तुति दिएका कलाकारहरूलाई सम्मान पत्र र पारिश्रमिक सहित समाजले सम्मान गरेको थियो ।

कतारमा स्थापित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको कार्यक्रममा समाजकी महिला उपाध्यक्ष उषा परियारले स्वागत मन्तव्य राखेकी थिइन् । समाजका अध्यक्ष रण बहादुर केसीको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले आफूले नेतृत्व गरेको संस्थालाई प्रमुख अतिथिसहितको माया र सम्मान प्रदान गरेकोमा समाजप्रति कृतज्ञता जाहेर गरिन् । उनले तिजको पावन अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै कतारमा रहेका जो कोही पनि समस्यामा परेमा समाज सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका प्रतिनिधिसहित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको शुभकामना मन्तव्य रहेको थियो  । कार्यक्रम संयोजक मनीषा खड्काले जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाका लागि तिजको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको बताउँदै सबैबाट सहयोगको अपेक्षा व्यक्त गरिन् ।

महासचिव चिन्तामणि भुसाल, सचिव सुरत शाही  र राजन चापागाईंले  मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति केसीले विगत एक दशकदेखि समाजले तिज विशेष कार्यक्रमलाई निरन्तरता दिँदै आएको र यस पटक मानवीय हितकारी प्रार्थना आयोजना गरिएको बताउँदै कार्यक्रम सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने एनआरएनए एनसीसी कतारलाई धन्यवाद प्रकट गरेका थिए ।

लुम्बिनी प्रदेश समन्वय परिषद् कतारअन्तर्गतका जिल्ला संस्थाहरूको सहआयोजना तथा रोल्पाली सेवा समाज, ठकुरी सहयोग सञ्जाल, परियार मित्रता समाज कतारको विशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।


क्याटेगोरी : ग्लोबल, गल्फ, धर्म संस्कृति, मनाेरञ्जन
ट्याग : #breaking, #hot, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस