Techie IT
×
गृहपृष्ठग्लोबलगल्फयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो

युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो


दोहा – नेपाली राजदुतावास युएईको आयोजनामा आज एक विशेष कार्यक्रमको आयोजना गरि संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१  मनाईयो।

राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुको सम्मानमा मौन धारण गरिएको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै युएईका लागि नेपाली राजदूत महामहिम  तेजबहादुर क्षेत्रीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदुतले नेपाली जनताको ठूलो संघर्ष र बलिदानपछि वि.स. २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आजको यस महत्वपूर्ण दिन सम्पूर्ण नेपालीहरुको हर्ष र उल्लासको दिन भएको बताउनु हुँदै संविधानले प्रत्याभूत गरेका जनताका हक, अधिकार, मूल्य मान्यता र लोकतान्त्रिक संघीय शासन प्रणालीको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व रहेको कुरा उल्लेख गरे ।

महामहिम राजदूतले विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, दिगो शान्ति र नेपालको समुन्नत भविष्यका लागि आ-आफ्नो क्षेत्रबाट एकजुट भई अघि बढ्न समेत आह्वान गरे ।

कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न वैचारिक संघ संगठन, एनआरएनए युएई, नेफिन युएई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिरुहरुको  उपस्थिति रहेको उक्त कार्यक्रममा संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्दै नेपाल र नेपालीको समृद्धिका लागि संविधानले प्रदत्त गरेका हक, अधिकारको संरक्षण गर्न आ- आफ्ना क्षेत्रबाट योगदान गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

राजदूतावासका श्रम काउन्सेलर दीनबन्धु सुवेदीले संचालन गर्नु भएको उक्त कार्यक्रममा उप-नियोग प्रमुख रन्जिता दाहालले स्वागत मन्तव्य बाट शुरू भएको कार्यक्रममा सयौंको संख्यमा नेपालीहरुको उपस्थिति रहेको थियो ।

राजदूतावासले आजै विहान झण्डोत्तलन कार्यक्रमको आयोजना गरेको थियो भने संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा तीनदिनसम्म साँझ दिपावली गरी मनाउने कार्यक्रम तय गरेको दूतावासले जानकारी दिएको छ  ।


क्याटेगोरी : ग्लोबल, गल्फ, राजनीति
ट्याग : #Breakig breaking, #hot, #Middle East

तपाईको प्रतिक्रिया दिनुहोस