Techie IT
×
गृहपृष्ठग्लोबलगल्फनेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न


यूएईनेपाल आदिवासी जनजाति महासंघ, युएईले आफ्नो स्थापना कालको पहिलो ऐतिहासिक वार्षिक साधरण सभा हिजो दुबई स्थित याक एन्ड यति एभरेष्ट क्लब बर दुबईको सभा हलामा सम्पन्न गरेको छ ।

नेपाल आदिवासी जनजाती महासंघ युएईका संरक्षक सदस्य प्रमोद श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा महासंघका सह-कोषाध्यक्ष भिमा लिम्बुले एक वर्षको आय व्यय प्रस्तुत गर्नु भएको थियो । जसमा वर्ष भरी गरिएका विभिन्न  कार्यक्रमबाट ३५,८७८.२५ दिराम आय भएको र खर्च तर्फ १३,८३१.०० दिराम रहेको जानकारी गराउनु भएको थियो ।साथै हाल संस्थाको कोषमा २२,०५६.२५ दिराम मौजाद रहेको जानकारी गराईएको थियो ।

प्रमुख अतिथि प्रमोद श्रेष्ठले मन्तव्यका क्रमा हाल बागमति र गण्डकी प्रदेशमा मात्रै जनजातिको भाषालाई कामकाजी भाषाको मान्यता दिएको उल्लेख गर्दै सातवटै प्रदेशमा कामकाजी भाषाको मान्यता दिन राज्य सँग माग गर्नु भयो ।

यसैगरी मन्तव्य दिने क्रममा आदिवासी जनजाति पत्रकार महासंघ, युएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगरले विगत लामो समयदेखि नेफिन युएई र युएईको पुरानो सामाजिक संस्था नेपाली समाज, युएई विच रहदै आएको भाइचाराको सम्बन्ध केहि व्यक्तिको व्यक्तिगत आपसि स्वार्थका कारण दुई संस्था बिच चिस्सिएको सम्बन्धलाई पुन: सहकार्य गरि अघि बढाउन जोड दिए।

मन्तव्यका क्रममा थारु कल्याणकारिणि युएईका अध्यक्ष भागिरथि कुमार भगतले केहि व्यक्तिले आफ्नो पहिचान झल्किने पोषाक नपहिरिएको प्रति दुख व्यक्त गरेका थिए । अर्का वक्ता नेमस शाखा, युएईका अध्यक्ष नयन घर्ति मगरले विविध विषयहरुमा प्रश्नै प्रश्न गर्नु भएको थियो। वहाँको वक्तव्यको समय प्रश्नै प्रश्न ले गर्दा सभा हल सुनसान बनेको थियो। शुभकामना मन्तव्य कै क्रममा तामाङ समाज, युएईका अध्यक्ष डिल्लीराम तामाङले युएईमा तामाङ्गहरु लाई खण्डित गर्ने आफ्नै समुदाय भित्र रहेका असमाजिक तत्वहरु नै सकृय रहेको र जसले आम तामाङ समुदाय भित्र वितृष्णा पैदा गरि खलखल पुर्याएको र आफ्नै समुदायको व्यक्तिले सामाजिक संजालको दुरुपयोग गरि कुन्ठित भावना पोख्दै अर्को जातिय संस्थाको नाउ जोडेर सामाजिक संजाल फेसबुक मार्फत लेखिएको अनर्गल स्टाटसले ति जातिय संस्था को गरिमा माथि पुग्न गएको असर प्रति क्षमायाचना गर्दै माफी माफी माग्दै ति सामाजिक संजालमा आएका अनर्गल स्टाटस प्रति सचेत रहन समेत आग्रह गरे साथै युएईमा रहेका आदिवासी जनजाति हरु ले विविध कारणवश मृत्यु भएका र आपतविपतमा परेका  जोकोहि भएपनि पहिले नेफिन युएईमा जानकारी दिन समेत आग्रह गरे। नेफिन युएईका पुर्व महासचिव तथा सल्लाहकार कुमार बलामीले जनजातिको भाषा र भेषभुषा मेटिए जनाजाती को पहिचान मेटिने छ भन्दै सबैलाई सजग गराए ।

कार्यक्रममा अध्यक्ष लिम्बुले गएको एक वर्षमा भएका विविध किसिमको आर्थिक र भौतिक गतिविधिका साथै आउदो वार्षिक योजनाको खाका तयार गरि स्लाइड सो मार्फत प्रस्तुत गरेका थिए । उक्त वार्षिक कार्य योजना अत्यन्तै लाभदायी हुने प्रतिक्रिया उपस्थित सबैले दिएका थिए।

नेपाल आदिवासी जनजाति महासंघ, युएईको अध्यक्ष बिक्रम लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष हरि मोक्तान दिनु भएको थियो । कार्यक्रम नेफिन, युएईका महासचिव धनकृष्ण राई ले संचालन गरेका थिए।

महासंघमा आबद्ध ११ वटै जातिय संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिने अधिकांश वक्ताहरुले यो ऐतिहासिक कार्यक्रम गरिएको र आगामि वार्षिक योजना अत्यन्तै उत्कृष्ट रहेको बताएका थिए ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस