Techie IT
×
गृहपृष्ठआर्थिकमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान

महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान


दोहा – कतारको राजधानी दोहामा आयोजित एक कार्यक्रम मार्फत नेपाल व्यवसायी संघ कतारले नेपाल उद्योग वाणिज्य महासंघको वैदेशिक सदस्यता पत्र प्राप्त गरेको छ ।

तस्विर : तिलु शर्मा

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संघ द्वारा आयोजित एक कार्यक्रमका बिच संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईलाई सम्मान पूर्वक सदस्यता पत्र हस्तान्तरण गरेका हुन ।

महासंघको आठौँ कार्यकारिणी समितिको बैठकले संघलाई वैदेशिक सदस्यता प्रदान गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ ।

महासंघको लेखा शाखालाई बोधार्थ एवं संघका महानिर्देशक गोकर्ण राज अधिकारीको हस्ताक्षर रहेको पत्रमा वैदेशिक सदस्यको रूपमा महासंघमा स्वागत गरेको उल्लेख गर्दै भनिएको छ, ‘महासङ्घ एवं समग्र निजी क्षेत्रको श्रीवृद्धि र नेपालमा लगानी बढाउन त्यहाँ संस्थाको उच्च योगदान रहने विश्वास लिएको छु’ । पत्र ग्रहण पश्चात् बोल्दै चम्लागॉईले वाणिज्य महासङ्घ प्रति आभार व्यक्त गर्दै वैदेशिक लगानी नेपालमा भित्राउन आफू प्रतिबद्ध रहेको बताए ।

कतारमा रहेका आम व्यवसायीहरूको हक हित र व्यवसायमा प्रवर्द्धन सहित समृद्ध नेपालको संवाहकको परिकल्पनाको पवित्र उद्देश्यका साथ १२ जनवरी २०१८ मा सङ्घ कतारको स्थापना गरिएको थियो । नेपाल व्यवसायी सङ्घ कतार ३१ जनवरी २०२० मा प्रथम र गत २६ जनवरी २०२४ मा दोस्रो अधिवेशन सम्पन्न गरी आफ्नो उद्देश्यहरूलाई सार्थकता दिन निरन्तर सक्रिय रहेको छ ।


क्याटेगोरी : आर्थिक, ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस