Techie IT
×
गृहपृष्ठग्लोबलगल्फदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न

दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न


युएई – नेपाली राजदूतावास, अबुधाबीले आज आईतवारका दिन महिलाहरुकोलागी विशेष राहदानी नवीकरण  तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्‍यो । महामहिम राजदूत तेजबहादुर क्षेत्रीको समुपस्थितिमा सम्पन्न उक्त शिविरमा करिब १०० जना नेपाली दिदीबहिनीहरूले सेवा प्राप्त गरेका छन ।

राहदानी नविकरणको चापलाई मध्य नजर गर्दै दूतावासले  सार्वजनीक विदाको दिन समेत महिलाहरुका लागि मात्र राहदानी नवीकरण तथा निशुल्क स्वास्थ सेवा प्रदान गरेको हो । दुतावास परिसरमा सम्पन्न शिविरमा युएईका विभिन्न राज्यबाट आएका महिलाले राहदानी नवीकरणसँगै आफ्नो स्वास्थ्य जाँच गराएको दुतावासका दृतिय सचीव भुपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यक्रममा उपस्थित महिलाहरुलाई स्वास्थ्य जाँचसँगै वित्तिय साक्षरताको सम्बन्धि प्रशिक्षण दिईएको थियो । वित्तिय साक्षरता सम्बन्धमा दुतावासका उपनियोग प्रमुख रञ्जिता दाहाल र युएई सरकाले प्रदान गरेको Amnesty 2024 तथा श्रमका विषयमा श्रम काउन्सुलर दिनबन्धु सुबेदीले सहजीकरण गरेका थिए । यसैगरी लाइफ लाइन अस्पतालको प्राविधिक सहयोगमा डा .प्राची भट्टराई  र डा. विकाश यादवको टोलीले स्वास्थ्य प्ररिक्षण सेवा प्रदान गरेको थियो ।

राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढ्‌दै गएको अवस्थालाई मध्यनजर गर्दै भिषाको अवधि समाप्त भैसकेका, हुन गइरहेका तथा राहदानी हराएका र राहदानीको पाना समाप्त भएका नेपाली नागरिकहरूका लागि अघिल्लो साता समेत विशेष काउन्टर सञ्चालन गरी २४० जना सेवाग्राहीलाई राहदानी नवीकरण सेवा प्रदान गरेको दूतावासले जानकारी दिएको छ ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस