गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीका सुरक्षागार्ड जुवाकोखालबाट पक्राउ प्रधानमन्त्रीका सुरक्षागार्ड जुवाकोखालबाट पक्राउ दीप संञ्चार कात्तिक १६, २०७६ गते १०:५२ मा प्रकाशित काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाहीसहित आठजना जुवाडेलाइृ प्रहरीले नियन्त्रणमा लिएको छ ।उनलाई महानगरीय प्रहरी विभाग गोंगबुले शुक्रबार राति काठमाडौँको सामाखुसीबाट एक लाख ५९ हजार रुपैयाँ नगदसहित जुवा खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।एडिसी शाही सहित आठजनालाई प्रहरीले सोमबहादुर मगरको घरमा चलाइएको जुवाखालबाट नियन्त्रणमा लिएको बताएको छ । शाही सहित पक्राउ परेकालाई हिरासतमा राखी कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।प्रहरीको नियन्त्रणमा पर्नेमा टोखा नगरपालिका १० का सोमबहादुर मगर, मानकाजी गुरुङ र धर्म शाह रहेका छन् ।त्यस्तै रामेछाप सुनापतिका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ, किरणजंग शाह र सुर्खेत खानीखोलाका निरज राणा रहेका छन् ।कर्तव्य ज्यान, लागुऔषधलगायत केही गम्भीर किसिमका अपराधबाहेक अन्य अपराधमा संलग्न सैनिकलाई सेनाले नै आन्तरिक कारबाही तथा कैद सजाय गर्ने कानुनी व्यवस्था छ । शाहीलाई प्रहरीले नेपाली सेनाको जिम्मा लगाउने तयारी गरेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा