शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
काठमाडौं – पछिल्लो समय नेपाली गीत सङ्गीतको बजारमा फरक-फरक धारका सिर्जनाहरु सार्वजनिक हुने गरेका छन । को नयाँ, को पुराना सबैलाई एक ठाउँमा राखेर मुल्यांकन गर्ने हो भने प्रतिस्पर्धात्मक रुपमा सार्वजनिक भएका गीतहरू नेपाली मौलिकपनलाई भन्दा बढी चर्चा र भियोर्सको लागि बनेका हुन जस्तो लाग्नु स्वभाविक हो ।
तर नेपाली गीत सङ्गीतको क्षेत्रमा यस्ता पनि श्रष्टा सर्जकहरु छन जसका गितहरु हर समय मन मस्तिष्कमा गुन्जिरहन्छन । हो यतिबेला एस एण्ड एस को प्रस्तुतिमा गायिका सुनिता सुनार र निर्माता शम्सेर सुनारको यस्तै सभ्य सिर्जना “लाउलि सानू बम्बैको सारी” बोलको लोक दोहोरी गीत विश्व साङ्गीतिक आकाशमा सार्बजनिक भएको छोटो समयमै चर्चाको शिखरमा पुगेको छ । हरि गिरी विमर्षीको शब्द सङ्गीतमा हरि गिरी विमर्षी र सुनिता आफैले आवाज भरेको गीत “सुनिता सुनार” नामको युटुब च्यानल मार्फत सोमबार मात्रै सार्वजनिक भएको हो ।
वान डिवी एचडी रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट राज खड्काले रेकर्ड गरेको गीतको उत्कृष्ट एरेन्ज आकाश नेपालीले र मिक्सिङ तथा मास्टरिङ एच बि एन किस्मतले गरेका हुन भने गीतको भिडियोमा प्रभात पल ठकुरी र सन्चिता बोलाखी लुइँटेलको जोडिलाई कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले आकर्षक तरिकाले नचाएका हुन । साथै भिडियमा देखिएका लोभलाग्दो दृश्यहरु छायांकन मान कृष्ण महर्जनले गरेका हुन । निर्देशक लामिछानेलाई सह-निर्देशकको भुमिकामा रहेर नृत्यमा टाइगर नम्गेल र अभिनयमा मणिक पाख्रीनले सघाएका छन ।
अहिलेका व्यस्त भिडियो सम्पादक बन्दे प्रसादले सम्पादन र राजेन्द्र मोक्तानले फुलबुट्टा (कलर) भरेका भिडियोमा गाउँले परिवेशमा हुर्किदै गरेको माया पिरतिको विषयमा एक जोडी प्रेमी प्रेमिकाले गरेको संवातलाई कलात्मक तरिकाबाट प्रस्तुत गरिएको देख्न सकिन्छ भने गत सोमबार सार्वजनिक भएको गीत यो समाचार बन्ने बेलासम्म ८९ हजार भन्दा धेरै दर्शकहरुले हेरिसकेका छन ।
क्याटेगोरी : मनाेरञ्जन
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
तपाईको प्रतिक्रिया दिनुहोस