गृहपृष्ठ ∕ समाचार ∕ उम्मेदवारको मनोनयनपत्र दर्ता हुदै उम्मेदवारको मनोनयनपत्र दर्ता हुदै दीप संञ्चार कात्तिक २१, २०७६ गते ११:५२ मा प्रकाशित काठमाण्डौ, मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र पर्सि कात्तिक २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।२४ गते दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय दिइएको र सोही दिन ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।प्रतिनिधिसभाको कास्की २ र प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क) बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ कास्कीमा नेकपाले विद्या भट्टराई र कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।प्रदेशसभा सदस्यतर्फ भक्तपुरमा नेकपाका देवीप्रसाद ढकाल र कांग्रेसका कृष्ण भँडेल, बाग्लुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र कांग्रेसका जीत शेरचन तथा दाङमा नेकपाकी बिमला वली र काँग्रेसका केशव आचार्यले उम्मेदवारी दर्ता गर्दैछन ।मंसिर १४ गते नै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी दर्ता कात्तिक २७ गते गरिने निर्वाचन आयोगले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा