गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मुआब्जा वितरणमा राज्यको विभेद मुआब्जा वितरणमा राज्यको विभेद प्रिया स्मृती गजमेर कात्तिक २८, २०७६ गते १३:४५ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा न ४ सेमरवाका जग्गाधनीले राज्यले आफुहरुलाई मुआब्जा वितरणमा विभेद गरेको गुनासो गरेका छन् ।आफुहरुसंगै सटेका जग्गाधनीलाई १५ सय प्रति वर्गमिटर र आफुहरुलाई १ सयका दरले दिएको स्थानिय प्रेमलाल चौधरीले बताए । सेमरवाका स्थानीयले आफुहरुलाई राज्यले ठगेको भन्दै मुआब्जा लिन समेत मानेका छैनन् ।राज्यले हामीलाई पाउने मुआब्जाको दर रेट मात्र तोकी दिए पनि खुशी हुन्थ्यौ स्थानिय प्रेमलाल चौधरीले भने । यदि हाम्रो जग्गाको मुआब्जा अर्को गाउका जग्गाधनीलाई दिएको बराबर भएन भने हामीले सेमरवा गाउको बाटो कुनै हालतमा बन्न दिदैनौ चौधरीले भने ।सेमरवाबासीको मागलाई मध्यनजर गर्दै आज बिहिवार नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको नेतृत्वको टोलीले लमही नगरपालिका वडा नम्बर ४ सेमरवाका जग्गाधनीलाई न्यायोचित तरिकाले मुआब्जा वितरण नभएको भन्दै दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई भेटेर गम्भीर ध्यानाकर्षण गराएको छ ।सेमरवाका जग्गाधनीलाई मुआब्जा वितरणमा राज्यले अन्याय गरेकोले नेपाली काङ्ग्रेसको तर्फबाट उनीहरुलाई न्याय हुने गरि मुआब्जा वितरण गराउने पहल गरिरहेको क्षेत्रीय सभापति पाण्डेले बताए ।पूर्व सभासद योगेन्द्र चौधरी, महासमिति सदस्य जानकीलाल बस्नेत,स्थानिय देशुराम चौधरी,कुसुम चौधरी र प्रेमलाल चौधरी लगायतले प्रमुख जिल्ला अधिकारी रिजाललाई भेटेर ध्यानाकर्षण सहितको पत्र बुझाएको नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा