गृहपृष्ठ ∕ समाचार ∕ ३६ लाख रुपैयाँ सहित हुण्डी व्यापारी पक्राउ ३६ लाख रुपैयाँ सहित हुण्डी व्यापारी पक्राउ दीप संञ्चार मंसीर १, २०७६ गते १९:४६ मा प्रकाशित काठमाडौंं – प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त कालिमाटीले उक्त रकमसहित आइतबार बिहान भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो।काठमाडौं-१४ कुलेश्वरमा डेरा गरी बस्ने उनले भारतीय नोट र हुण्डी कारोबार गर्ने गरेको सूचना पाएपछि बृत्तको टोली खोजीमा गएको थियो। प्रसादलाई डेराबाटै उक्त रकमसहित नियन्त्रणमा लिइएको बृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए।कुँवरका अनुसार उनको साथबाट ३७ लाख पाँच हजार बराबरको विभिन्न बैंकका ६ थान चेक, १ लाख १९ हजार रुपैयाँ भारु, विभिन्न बैंकका ६ थान चेकबुक र मोबाइल बरामद भएको छ। प्रसादलाई रावश्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।डिएसपी कुँवरका अनुसार उनी तीस वर्षदेखि नेपालमा बस्दै आएको थाहा भएको छ। ‘भारतीय नोटको गैरकानुनी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी उनको कोठामा पुगेको थियो,’ कुँवरले भने, ‘भारतीय नोटसँगै हुण्डीको रकम पनि फेला पर्यो।’क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा