गृहपृष्ठ ∕ समाचार ∕ महिलामाथि डोजर चलाउने ड्राइभर पुर्पक्षका लागि थुनामा महिलामाथि डोजर चलाउने ड्राइभर पुर्पक्षका लागि थुनामा दीप संञ्चार मंसीर १, २०७६ गते २०:०७ मा प्रकाशित बैतडी – बैतडीको दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा विरोध गरिरहेका महिलामाथि डोजर चलाउने ड्राइभरलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत बैतडीका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले आइतबार डोजर ड्राइभर किशोर बोहरालाई थुनामा पठाउन आदेश दिएको हो।बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीसँग ५०/५० हजार रुपैयाँ धरौटी मागिएको छ। तीनै जना धरौटी बुझाएर रिहा भएका छन्।भएको के थियो ?कात्तिक ४ गते शरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा सडक खन्ने क्रममा विवाद भएपछि स्थानीयले ढुंगामुढा गरेका थिए। मानिसहरू डोजरका अगाडि कराएका थिए।विवाद चलिरहेकै बेला सडक खनिरहेको डोजरले एक महिलालाई ठक्कर दिएर कान्लामुनि हुत्याइदिन्छ। स्थानीय गौरी जोशी घाइते भइन्।सडक खन्ने क्रममा भएको यो अमानवीय व्यवहारलाई लिएर सामाजिक सञ्जालमा विरोध भएको थियो। घटनाको भिडिओ भाइरल भएपछि स्थानीय प्रशासनले डोजर चालक सोही नगरपालिका वडानम्बर –२ देहीमाण्डौका किशोर बोहरालाई पक्राउ गरेको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै