गृहपृष्ठ ∕ समाचार ∕ सेनाका जवान कँडेलको प्रहरी हिरासतमा रहस्यमय मृत्यु, फिस्लिङ बजार तनावपूर्ण सेनाका जवान कँडेलको प्रहरी हिरासतमा रहस्यमय मृत्यु, फिस्लिङ बजार तनावपूर्ण दीप संञ्चार मंसीर १, २०७६ गते २१:१४ मा प्रकाशित काठमाडौँ – मुग्लिन निवासी नेपाल सेनाका जवान राम कँडेलको प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएको छ । चितवनस्थित अस्थाई प्रहरी पोष्ट फिस्लिङको हिरासतमा कँडेलको मृत्यु भएको हो ।इच्छाकामना मेलाबाट फर्कने क्रममा गाडीमा प्रहरी जवान ठाकुर ढकालसँग कँडेलको सामान्य विवाद भएपछि उनलाई फिस्लिङको कार्यालय भित्र लगिएको थियो ।कँडेलको प्रहरी जवान ढकालसँग हात हालाहाल समेत भएको र त्यसपछि जवान ठाकुरले प्रहरी पोस्ट भित्र लिएर गएका थिए ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोस्टभित्र गएपछि कँडेल शौचालय गएको र लामो समयसम्म नआएपछि हेर्न जाँदा प्रहरी भवनको दुई तला माथिबाट तल खसेर घाइते भएको अवस्थामा फेला परेका थिए ।घाइते अवस्थामा भेटिएका कँडेलाई तत्कालै कुरिनटारस्थित सशस्त्र प्रहरीको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । सामान्य उपचारपछि कँडेललाई थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको दावी छ ।आइतबार दिउँसो प्रहरी नियन्त्रणमा रहेका कँडेलको रहस्यमय मृत्यु भएपछि फिस्लिङ बजारको अवस्था तनावपूर्ण भएको छ । अहिले पनि स्थानीयले प्रहरी पोस्टमा ढुङ्गामुढा गर्नुका साथै सडक अवरुद्ध पारेका छन् ।यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा