गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अटोभिलेज निर्माण गर्नका लागि जग्गा छनोटमा जुटे जनप्रतिनिधि र ब्यबसायी अटोभिलेज निर्माण गर्नका लागि जग्गा छनोटमा जुटे जनप्रतिनिधि र ब्यबसायी प्रिया स्मृती गजमेर मंसीर ३०, २०७६ गते १६:५४ मा प्रकाशित दाङ्ग, अटोभिलेज निर्माण गर्नका लागि लमही नगरपालिकाका जनप्रतिनिधि र यहाका ब्यबसायीले जग्गा छनोटको लागी स्थलगत अवलोकन गरेका छन् ।उनीहरुले लमही नगरपालिका वडा नम्बर ७ स्थित कर्री सामुदायिक वनको नजिक रहेको अर्जुनखोला देखि पाँचसय मिटर दक्षिण तर्फ रहेको ऐलानी जग्गा र लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा रहेको ऐलानी जग्गाको स्थलगत अवलोकन गरेका हुन् ।लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, नगर उप–प्रमुख देबका बेल्वासे, वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरी, ६ का गणेशमान चौधरी, १ का नुमराज पौडेल, देउखुरी उद्योग बाणिज्य संघ लमहीका महासचिव कमलजंगसिंह ठकुरी, जगदम्बा अटो इञ्जिनियरिङका प्रबन्धक निर्देशन लोकबहादुर घिमिरे, राप्ती अटो इञ्जिनियरिङ लमहीका अध्यक्ष विकाश देवकोटा, ऋषि खनाल, भीष्म गैरे लगायतको टोलीले जग्गा छनोटको लागी सोमबार स्थलगत अवलोकन गरेको हो ।अवलोकन गर्दै देउखुरी उद्योग बाणिज्य संघका महासचिव ठकूरीले नगर क्षेत्र भित्र रहेका सम्पूर्ण अटो मोबाइल व्यवसायिहरु बोलाएर बृहत भेला राखी लमही नगरपालिका र देउखुरी उद्योग बाणिज्य संघ लमहीको अटोभिलेज सम्बन्धी भिजन देखाइ र छलफल पछि अटोभिलेज निर्माणको प्रकृया अगाडि बढाउने जानकारी दिए ।यस्तै लमहीमा अटोभिलेज निर्माणको क्रममा नगर क्षेत्रमा कसैलाइ असर नपुग्ने गरि र उपयुक्त स्थानको पहिचान गरेर लमही नगरपालिकासंग समन्वय गरि अटोभिलेजको निर्माण गर्ने महासचिव ठकूरीले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा