दाङ्ग, नेपाल पशुपालन स्वास्थ प्राबिधिक सेवा संघले आफ्नो दोस्रो जिल्ला अधिबेशन भब्य रुपले मनाएको छ ।
नेपाल पशुपालन स्वास्थ प्राबिधिक सेवा संघको दोस्रो जिल्ला अधिबेशन मंगलवार लमही नगरपालिका ३ जखेरातालमा सम्पन्न भएको छ ।
सभाले लमहीका सफल ब्यबसायी मोहन केसीलाई पुनःअध्यक्षमा सर्बसम्मत चयन गरेको छ । त्यस्तै संघको उपाध्यक्षमा कृष्ण न्यौपाने , सचिबमा शेर बहादुर हमाल, सहसचिवमा सुरजलाल चौधरी, कोषाध्यक्षमा माधब भट्टराई , सदस्यमा अनन्तराम रेग्मी , चन्द्र बहादुर खत्री महिला सदस्यमा बिष्णुमाया बस्याल , समाबेसी सदस्यमा टिपुर यादबलाई चयन गरेको छन् ।
कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा पुर्बमंत्री गिरीले नेपाल पशुपालन स्वास्थ प्राबिधिक सेवा संघका लागि पार्टीका तर्फ बाट जस्तो सुकै सहयोग गर्ने पर्तिबद्दता व्यक्त गरे ।
नेपाल पशुपालन स्वास्थ प्राबिधिक सेवा संघ दाङका अध्यक्ष मोहन केसीको अध्यक्षता तथा पुर्ब सिचाइमंत्री एबम नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीको प्रमुख आथित्यता र नेपाली काङ्ग्रेस दाङ जिल्ला सभापति किर्ती बहादुर खडकाको आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त सभामा लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासे , नेपाली कांग्रेसका महासमिती सदस्य जानकीलाल बस्नेत ,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे , संबिधान सभा सदस्य योगेन्द्र चौधरी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।
श्रीधर अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कृष्ण न्यौपानेले गरेका थिए ।
क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking