राष्ट्रको विकासका लागि खेल महत्वपूर्ण – सांसद शर्मा

दाङ्ग, प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राष्ट्रको सर्वाङ्गीन विकास गर्न खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ दाङको २७ औं स्थापना दिवसको अवसरमा लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजीत जनप्रतिनिधि र पत्रकार बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै शर्माले खेलकुदको विकासमा वर्तमान सरकारले ध्यान दिएको र खेल क्षेत्र उत्साहित बनेको बताएका हुन् ।
लमहीमा खेलकुद प्रतियोगीता राखेर खेलाडीमा हौसला प्रदान बढेको भन्दै सभासद शर्माले खेल क्षेत्रमा हुने विकासमा राष्ट्रको सर्वाङ्गीन विकासमा महत्वपूर्ण योग्दान पुर्याएको बताए ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिमबहादुर केसीले खेल क्षेत्रको विकासमा स्थानिय सरकारले लगानी लगाएको बताए ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए ।
क्याटेगोरी : खेलकुद, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस