गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मुआब्जा बुझेर पनि बाटोको मापदण्ड अनुसार बाटो कायम नहुनु दुर्भाग्यपूर्ण -कांग्रेस मुआब्जा बुझेर पनि बाटोको मापदण्ड अनुसार बाटो कायम नहुनु दुर्भाग्यपूर्ण -कांग्रेस प्रिया स्मृती गजमेर पुस १७, २०७६ गते १८:१५ मा प्रकाशित दाङ्ग, लमही कोइलाबास हुलाकी सडक निर्माणको लागी मुआब्जा प्राप्त गरिसकेको घरधनिहरुको घर नभत्काएर साबिकको बाटोमै कालेपत्रे गर्ने कार्यप्रति नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आपत्ती जनाएको छ ।नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ले देउखुरीको पहिचान र राष्ट्रिय गौरबको आयोजना अन्र्तगत पर्ने लमही कोइलाबास हुलाकी सडकको निर्माणलाई मापदण्ड अनुसार नै पुरा गर्न आग्रह गरेको छ ।बाटो घाटो र सडक बिकाशको पहिलो पुर्बाधार भएको र लमही कोइलाबास हुलाकी सडक देउखुरीको पहिचान भएकोले जग्गाको मुआब्जा बुझेर पनी बाटोको मापदण्ड अनुसार ३० मिटर बाटो कायम नगरि पुरानो बाटामै कालोपत्रे गरि बिकाशको कामलाई पछाडी धकेल्ने कार्य भईरहेको भन्दै नेपाली काग्रेस क्षेत्र नम्बर १ ले बुधवार एक प्रेस बिज्ञप्ति जारि गरि आपत्ती प्रकाट गरेको छ ।नेपाली काग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेय र सचिब हरिहर शर्मा पौडेलद्धारा जारि प्रेस बिज्ञप्तिमा भनिएको छ । बाटो चौडा पार्ने क्रममा घरजग्गा बाटोमा परि पुर्ण रुपमा बिस्थापित हुनेहरुलाई स्थापित गराउने दायित्व राज्यको हो ।तर बाटो कायम गर्दा तत्कालका लागी केही असजिलो पर्न गएता पनि राष्ट्रिय गौरब र देउखुरीको समग्र बिकाश र पहिचान सग जोडिएको हुलाकी राजमार्ग निर्माणको कामलाई मापदण्ड अनुसार अबिलम्ब कार्यान्वयन गरि निर्माणको काम अघि बढाउन आग्रह गरिएको छ ।लमही कोइलाबास हुलाकी बाटो निर्माणको कार्य जारि रहेता पनि लमही बजारमा साबिककै बाटोमा कालोपत्रे गर्दे लमही बजारमा आएर सडकलाई साघुरो बनाउदा स्थानिय अगुवा र आम सर्बसाधारणले स्थानिय सरकारको कडा आलोचना गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दैपत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचनदाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै ताजा अपडेट नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै