गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ क्यान्सर पिडितलाई आर्थिक सहयोग क्यान्सर पिडितलाई आर्थिक सहयोग प्रिया स्मृती गजमेर पुस २१, २०७६ गते १३:५३ मा प्रकाशित दाङ्ग, बिगत तिन महिना देखि फोक्सोमा क्यान्सर भएर थला परेका लमही नगरपालिका वडा नम्बर ५ निवासी अर्जुन कुमार धवनका २३ बर्षीय छोरा गणेश कुमार धवनलाई लमही स्थित सुनौलो देउखुरी यातायात प्रालिले आर्थिक सहयोग गरेको छ ।आज लमहीमा पत्रकार सम्मेलन गरेर प्रालिका अध्यक्ष तिर्थराज पोख्रेल र सल्लाहकार नारायण प्रसाद बन्जाडेले संकलन भएको ५२ हजार २३ रुपैया पीडितका बाबु अर्जुन कुमार धवनलाई संयुक्त रुपमा रकम प्रदान गरेका हुन् । पेशाले पिडित गणेश पनि ई–रिक्सा चालक हुन् तर बिरामी भएपछी करिब तिन महिना यता उनको ईरिक्सा घरमै थन्किएको छ ।उनको आर्थिक स्थिति निकै दयनिय भएकोले उपचारमा समस्या भएको उनका बाबु अर्जुनले बताए । उपचारका लागि धवन नेपालका बिभिन्न अस्पतालमा पुगे तर असम्भव देखिएपछि छोरालाई लगेर उनि भारतको राजस्थानमा पुगे । त्यहा पुगेर छोराको उपचार सुरु गरे तर आर्थिकको भार थपियो । ऋण कर्ज काढेर लगेको पैसा हुँदा सम्म बसे त्यसपछि नेपाल फर्किए अर्जुनले भने ।अहिले पिडित गणेश राजस्थानमा डाक्टरहरुले दिएको औषधि खाइरहेका छन् । उक्त औषधिले छोराको स्वास्थ्यमा केहि सुधारोन्मुख भएको बाबु अर्जुनले बताए । छोराको उपचारमा खर्च धेरै लाग्ने भएकोले आर्थिक सहयोग गरेर छोराको ज्यान बचाई दिन बाबु अर्जुनले आग्रह गरेका छन् ।सहयोग गर्न चाहाने सहयोगीहातहरुले पिडितको नाममा रहेको कृषि बिकास बैंकको खाता नम्बर ०९१९००१३८७९१४०१६ मा सहयोग रकम पठाउन सकिने छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा