Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५ब्ल्यांकेट पाएपछि जेष्ठ नागरिक हर्षित

ब्ल्यांकेट पाएपछि जेष्ठ नागरिक हर्षित


दाङ्ग, लमही नगरपालिका वडा न ८ का ८६ बर्षिय लबरु चौधरी एउटा काम्लोले हरेक रात गुजार्दै आएका थिए अब उनि न्यानो ब्ल्यांकेटले रात बिताउने छन् ।

घरबाट वडा कार्यालय सम्म नातिको साहाराले आईपुगेका लबरुले वडाले गरेको काम निकै प्रशंसनीय भएको बताए । उनको सबै भन्दा ठुलो दुस्मन भनेको गरिबी हो । न उनको कुनै जागिर छ न दुई चार पैसा आउने कुनै श्रोत नै । लबरु जस्ता आर्थिक स्थिति नाजुक भएर बहुत मुस्किलसंग जाडो कटाई रहेका जेष्ठ नागरिकहरु वडामा झन्डै दुई सयको हाराहारीमा छन् ।

वडामा भएका अति गरिब र आर्थिकको मारमा परेका जेष्ठ नागरिकको पहिचान गरेर उनीहरुलाई सहयोग गर्ने वडाले लक्ष्य लिएको छ । यसैबीच आज सोमवार लमही नगरपालिका वडा नम्बर ८ ले वडाका अति बिपन्न परिवारका जेष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण गरेपछि त्यहाका स्थानीय हर्षित भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ८ ले लक्षित बर्गका लागि छुटाएको डेढ करोड बजेटबाट यो बर्ष बयासी जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप ब्ल्यांकेट वितरण गरेको हो । वडाले लक्षित बर्गका लागि छुटाएको बजेटबाट हरेक बर्ष युवा, महिला र बालबालिकालाई सामाग्री प्रदान गर्दै आएको वडाध्यक्ष मेघ नारायण चौधरीले बताए ।

वडामा बसोबास गर्ने सबै सबैको आर्थिक स्थिति एकनास छैन, कसैले यो जाडोमा धेरै कस्टकर रात बिताईरहेकोले वडाले ब्ल्यांकेट बाड्ने योजना बनाएको हो वडाध्यक्ष चौधरीले भने । नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देवका बेलबासेको प्रमुख आतिथ्यतामा वडाका जना नागरिकलाई ब्ल्यांकेट वितरण गरिएको हो ।

प्रमुख अतिथि बेलबासेले यो बर्ष छुटेका जेष्ठ नागरिकलाई अर्को बर्ष प्रदान गरिने बताईन । बेलबासेले भौतिक पूर्वाधार निर्माण गरेर मात्र बिकाश नहुने भन्दै आफ्ना जेष्ठ बुवा आमालाई सम्मान गर्नु पनि एक महत्वपुर्ण कुरा रहेको बताईन । त्यस्तै वडा सदस्य देवा परियार,नारायणी खड्का, गणेश चौधरी लगायतले जेष्ठ नागरिकको सुस्वास्थ्यको कामना गरेका थिए ।

वडा सचिव लक्ष्मी सुबेदीको स्वागत र बिषय प्रवेशबाट शुरु भएको कार्यक्रमको संचालन वडा नम्बर ८ का कार्यालय सहायक बिष्णु बस्नेतले गरेकी थिइन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस