गृहपृष्ठ ∕ समाचार ∕ मिडिया काउन्सिल विधेयकका धेरै प्रावधानहरुमा महासंघको अझै विमति छ : पोख्रेल मिडिया काउन्सिल विधेयकका धेरै प्रावधानहरुमा महासंघको अझै विमति छ : पोख्रेल दीप संञ्चार माघ २५, २०७६ गते १६:०५ मा प्रकाशित काठमाडौं – नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले मिडिया काउन्सिल विधेयकमा रहेका धेरै प्रावधानहरुमा अझ महासंघको विमति रहेको बताए। काउन्सिल स्वायत्त र सशक्त हुनुपर्नेमा सरकारले केही प्रावधानहरु राखेर नियन्त्रण गर्न खोजेको आरोप पोख्रेलको छ। काउन्सिलमा रहने ११ जना पदाधिकारीमा ७ जना सरकारले सिधै नियुक्त गर्ने व्यवस्थाले सरकारले नियन्त्रणमुखि विधेयक ल्याएको पुष्टि हुने पोख्रेलले बताए।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जातिय तथा लैंगिक विभेद अन्त्य गर्न राजनीतिक दलहरुको ध्यान जान नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको अवस्था विषयक कार्यक्रममा अध्यक्ष शर्माले देशमा जातीय र लैंगिक तथा अल्पसंख्यकमाथिको विभद कायमै रहेको बताए ।तर, त्यो अवस्था न्यूनिकरणतर्फ राजनीतिक दलको ध्यान जान नसकेको शर्माको भनाइ छ। समाजमा अझै पनि बालविवाह, छाउपडी प्रथा, बालश्रम, महिला हिंसा र मानव बेचविखन जस्ता जघन्य अपराधका घटनाहरु घटिरहेको शर्माले बताए। मानवअधिकारका सवालमा राष्ट्रिय मावनअधिकार आयोगले गरेका सिफारिसहरु कार्यान्वयनमा सरकारले चासो नदेखाएको आरोप शर्माको छ।नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले समाजलाई आवश्यकता अनुसार सुधार र सुरक्षाका लागि चाहिने कानून निर्माणको सन्दर्भमा सरोकारवालासँग छलफल गरेर ल्याउनुपर्ने बताए। सरोकारवालासँग छलफल गरेर ल्याइएका कानूनहरु बलियो बन्ने उल्लेख गर्दै उनले ती कानुनहरुले मानवअधिकारको रक्षा गर्ने बताए।कार्यक्रममा संसदमा पछिल्लो समय प्रस्तुत भएका विधेयकहरु अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र विरोधी स्वरहरु दबाउने उद्देश्यले आएको भन्दै सहभागिहरुले सरोकारवालासँग छलफल गरी विधेयक सच्याएर ल्याउन माग गरेका छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न