गृहपृष्ठ ∕ ग्लोबल ∕ थाई अदालतद्वारा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला थाई अदालतद्वारा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला दीप संञ्चार फागुन १०, २०७६ गते ०:५९ मा प्रकाशित एजेन्सी – सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ । अदालतको शुक्रबारको फैसलामा विघटित पार्टीका मुख्य नेताहरुलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ । फ्युचर फरवार्ड पार्टी (एफएफपी)लाई अदालतले विघटन गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।सन् २०१४ मा भएको ‘कु’ पछिको पहिलो निर्वाचनमा सो पार्टी तेस्रो ठूलो पार्टी भएको थियो । सो पार्टीको नेतृत्व देशका धनाड्य मानिने थानाथोर्न जुआनग्रुन्ग्रुआङकितले गरेका थिए । एफएफपीले थाइल्याण्डमा पूर्ण लोकतन्त्रको माग गर्र्दै आन्दोलन गरिरहेको छ । उनीहरुले सेनालाई राजनीति र व्यापारबाट अलग बनाउनु पर्ने माग पनि गरेका छन् । यो पार्टीले ६३ हजार भोट प्राप्त गरेको थियो भने शक्तिशाली मानिएको परम्परागत सेनाका विरुद्धमा छ ।निर्वाचनबाट विजयी भएका यस पार्टीका ७६ जना सांसदहरुलाई पनि थाइल्याण्डको अदालतमा अनेक मुद्दा लगाइएको छ । अदालतको फैसलालाई एफएफपीका नेताहरुले भने अस्वीकार गरेका छन् । उनीहरुले अदालतले गलत फैसला गरेको टिप्पणी गरेका छन् । पार्टीका नेता थानाथोर्नले अदालतको फैसलाबाट बिचलित नहुन र आफ्नो सपनाको यात्रालाई नरोक्न आह्वान गरेका छन् । थाईल्याण्डको अदालतमा उनी र उनको पार्टीका विरुद्धमा २९ ओटा मुद्दा रहेको समाचारमा जनाइएको छ ।‘आजको दिन थाईल्याण्डका लागि सवैभन्दा अध्याँरो र कालो दिन हो, यो अध्याँरोबाट देशलाई मुक्त नगर्दासम्म मैले विश्राम लिनेछैन, त्यो दिनको प्रतिक्षा गर्दै संघर्ष गरौँ,’ उनले भने । पुरानो पार्टी विघटन भएपनि नयाँ पार्टी बनाउने र त्यसैले थाई नागरिकको प्रजातान्त्रिक अधिकारको लडाई लड्ने घोषणापनि उनले गरेका छन् । क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा