गृहपृष्ठ ∕ राजनीति ∕ नेकपा सचिवालय बैठक : एमसिसी देखि बाँस्कोटा प्रकरणबारे के-के भयो कुराकानी? नेकपा सचिवालय बैठक : एमसिसी देखि बाँस्कोटा प्रकरणबारे के-के भयो कुराकानी? दीप संञ्चार फागुन ११, २०७६ गते १७:०५ मा प्रकाशित काठमाडौंं – शनिबार बसेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडि बढ्ने निर्णय गरेको हो।नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसिसी पारित गर्ने/नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताए।शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रूपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडि बढ्ने विषयमा पनि छलफल भएको उनले बताए।संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ।अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेश गरेका थिए।बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेनदेनको अडिओ सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाका विषयमा अख्तियार लगायतका थप निकायले छानबिन गरिरहेको विषयमा पनि जानकारी गराइएको उनले बताए।कार्यदलले झण्डै २० दिन लगाएर तयार पारेको प्रतिवेदन शुक्रबार अध्यक्षद्वयलाई बुझाएको थियो। नेकपा केन्द्रीय समिति बैठकले एमसिसीका विषयमा अध्ययन गर्न खनालको संयोजकत्वमा स्थायी समिति सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)