गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सहकारीको रकम हिनामिनामा पक्राउ परेका पत्रकार गुप्ता थुनामुक्त सहकारीको रकम हिनामिनामा पक्राउ परेका पत्रकार गुप्ता थुनामुक्त प्रिया स्मृती गजमेर फागुन २३, २०७६ गते १३:३८ मा प्रकाशित दाङ्ग, दाङको राप्ती गाउँपालिका–५ सिसहनिया स्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पत्रकार सन्तोषकुमार गुप्तालाई दाङ देउखुरी जिल्ला अदालतले थुनामुक्त गरेको छ ।संस्थाका ऋण उपसमितिका संयोजक रहेका पत्रकार गुप्तालाई अदालतका २ नम्बर इजलासका न्यायधीश हिमलाल बेल्बासेको एकल इजलाशले दोषी ठहर गर्ने कुनै अाधार नभएको भन्दै सफाई दिदै थुनामुक्त गर्ने फैसला गरेको हो । पत्रकार गुप्तालाई संस्थाको ६६ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको अारोप लागेको थियो ।रकम हिनामिना गरेको आरोप लागेपछि पत्रकार गुप्तालाई २०७५ साल कार्तिक २३ गते ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको थियो । पक्राउ परेका पत्रकार गुप्तालाई मंसिर ३ गते तत्कालीन न्यायाधिश श्यामलाल घिमिरेले पुर्पक्षमा राखेर अनुसन्धान गर्ने अादेश गरेका थिए ।करिव १६ महिना जिल्ला कारागार कार्यालय घोराही बसाइँ पछि फागुन २२ गते बिहीबार जिल्ला न्यायाधीश बेल्वासेको एकल इजलासले गुप्तालाई सफाई दिएको हो । यता संस्थाका व्यवस्थापक रमिता चाैधरीलाई भने अदालतले दोषी ठहर गर्दै एक महिना भित्र कैद जरिवानाको सुनवाई गर्ने अदालतका श्रेस्तेदार प्रेमनारायण पराजुलीले जानकारी दिएका छन् ।सहकारी संस्थाका अध्यक्ष,उपाध्यक्ष र कोषाध्यक्षको किटानी जाहेरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक गुप्ता र त्यसको केही समय पछि व्यवस्थापक चाैधरीलाई इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको थियोे ।हाल रकम हिनामिना गरेको आरोप लागेका रमिताका श्रीमान तथा संस्थाका पुर्व सचिव बसन्तकुमार चौधरी भने अहिले पनि फरार रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा